५ जेष्ठ २०८१, शनिबार
बर्नान्केसहित तीन जनाले पाए अर्थशास्त्र तर्फको नोबेल पुरस्कार

  • टाइम्स संवाददाता

  • २५ आश्विन २०७९, मंगलवार ०६:२८

अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भका पूर्वअध्यक्ष बेन बर्नान्केसहित तीन जनाले यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार पाउने भएका छन् । बैंक तथा वित्तीय संस्था र आर्थिक मन्दीमा गरेको कामलाई मूल्यांकन गर्दै बर्नाकेसहित डौग्लास डायमन्ड र फिलिप डाइबविगलाई पुरस्कार घोषणा गरिएको हो ।

सन् १९८० को सुरुवातमा यी तीन जनाको समूहले गरेको कामलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले पहिचान गर्दै स्वीकार गरेको हो । बर्नान्केले सन् २००८ को आर्थिक मन्दीमा अमेरिकाको केन्द्रीय बैंकको नेतृत्व गरेका थिए ।

उनलाई ‘ग्रेट डिप्रेसन’ नामक रिसर्चमा पुरस्कृत गरिएको छ । उनको यो अध्ययनले बैंकहरू सञ्चालन भइरहेको त्यतिबेलाको अवस्थाकै कारण आर्थिक मन्दी थप गहिरिएर बिस्तार भएको खुलासा गरेको थियो ।

यस्तै डायमन्ड युनिभर्सिटी अफ सिकागोका अर्थशास्त्री हुन् । उनले सन् २०१८ मा फाइनान्समा ओनासिस पुरस्कार पाएका थिए । डायमन्डले सन् १९७५ मा ब्राउन युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातक गरेका थिए ।

डाइबविगले १९७६ मा गणित र भौतिकशास्त्रमा इन्डियाना युनिभर्सिटीबाट स्नातक गरेका छन् । १९७८ मा उनले यल युनिभर्सिटीबाटै अर्थशास्त्रमा स्नातकोत्तर र एमफिल गरेका थिए ।

Nabintech