५ जेष्ठ २०८१, शनिबार
नवौं राष्ट्रिय खेलकुद : बागमती प्रदेशले जित्यो पहिलो स्वर्णं पदक

  • टाइम्स संवाददाता

  • २५ आश्विन २०७९, मंगलवार ०६:३३

काठमाडौं-  नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्वर्ण पदक जितेको छ। बागमतीले फेन्सिङ खेलमार्फत पहिलो स्वर्ण जितेको हो। बागमती प्रदेशकी शिक्षा नापितले फेन्सिङको व्यक्तिगत सेबरतर्फको इभेन्टमा स्वर्ण जितेकी हुन् उनले शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै यो प्रतियोगितामा स्वर्ण पदक जित्ने पहिलो खेलाडीको नामसमेत दर्ता गरिन्।

सो स्पर्धामा नेपाल आर्मीका रविना थापा र मनिषा तेस्रो हुँदै कास्य पदक पाए। दुई विभागीयसहित ६ टिमको सहभागिता रहेको प्रतियोगिता ईपी, फोयल र सेबर इभेन्टमा व्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धामा भइरहेको छ।

नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता छ। यसअघि अर्थमन्त्री जनार्दन शर्माले ह्याण्डबल तथा फेन्सिङ प्रतियोगिताको उद्घाटन गरेका थिए।

Nabintech