५ जेष्ठ २०८१, शनिबार
बाढी प्रभावित क्षेत्रका जनतासँग प्रतिनिधिसभा उम्मेदवार ढकाल

प्रभावित क्षेत्रमा राहत र उद्धारमा  सरोकारवाला विच समन्वयनकारी भूमिका निर्वाह गरिरहेको ढकालको भनाई


  • टाइम्स संवाददाता

  • २७ आश्विन २०७९, बिहीबार १५:३०

बाँके: नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके क्षेत्र न १ का प्रतिनिधिसभा उम्मेदवार सुर्य ढकालले राप्तीसोनारी गाउपालिकाका विभिन्न वडाहरुमा राप्ती नदीको बाढीले पुराएको क्षेतिको अवलोकन गरेका छन ।

एमाले नेता तथा कार्यकर्ताहरु सँग लागत तथ्याकं समेत लिएका ढकालले स्थानीय समुदाय सँग समेत अन्तरक्रिया गरेका छन। एमाले नेता बलराम भट्टराई  लगाएतले  वडानं ७ का स्थानीय सँग अन्तरक्रिया र  बाढीले पुराएको क्षेतिका बारे लागत अनुमान समेत लिएका हुन।

वर्षातको कारण राप्ती नदीमा आएको बाढीले राप्तीसोनारी गाउपालिकाको फत्तेपुर क्षेत्रमा पुराएको क्षेतीको अवस्थाको अनुगमनसंगै समाधानको लागि  सरोकारवाला निकाय सँग  पहल जारी राखेका छौँ।’ प्रतिनिधिसभा उम्मेदवार सुर्य ढकालले जानकारी गराए । ‘

बाढीको कारण प्रताडित रहेका जनताको समस्या सुन्न र उनीहरुको समस्याको समाधानको लागि आफु निरन्तर प्रभावित क्षेत्रमा राहत र उद्धारमा  सरोकारवाला विच समन्वयनकारी भूमिका निर्वाह गरिरहेको ढकालले भनेका छन।

राप्तीनदीमा आएको बाढीले प्रभावित बनाएको राप्तीसोनारी गाउपालिकाको सबै क्षेत्रमा स्थलगत पुगेर प्रभावितको अवस्था बुझ्नुको साथै उनीहरुको उचित व्यवस्थापनको पहल जारी रहेको ढकालले उल्लेख गरेका छन।

Nabintech