५ जेष्ठ २०८१, शनिबार
दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न काउन्सिलको अपिल

  • टाइम्स संवाददाता

  • २९ आश्विन २०७९, शनिबार ०५:३६

काठमाडौं –  प्रेस काउन्सिल नेपालले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा २०७९ असोज २८ गते एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलले यस्तो आग्रह गरेको हो ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ (‘सञ्चार माध्यमलाई गलत समाचार, दुष्प्रचार र घृणास्पद ९द्वैषपूर्ण० अभिव्यक्तिहरू प्राप्त हुन सक्दछन् ।

मिथ्या, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्न, यस्ता अभिव्यक्तिलाई स्थान नदिन र कसैको पक्ष वा विपक्ष हुने एवं राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनतर्फ सञ्चार माध्यम सदैव सजग हुनुपर्दछ ।’

‘समाजलाई मार्गप्रशस्त गराउने विशिष्ट भूमिकामा रहेको पत्रकारजगतबाट नै कुनै दल विशेष वा उम्मेदवारलाई मत आह्वान गर्ने, राजनीतिक दल एवम् उम्मेदवारको प्रचारप्रसारलाई प्रश्रय दिंँदै शेयर र कमेन्ट गर्ने एवं स्टाटस लेख्ने, अपिल गर्ने, सामाजिक सञ्जालबाट समेत पक्ष विपक्षमा कुनै सन्देश, सूचना प्रवाह गर्ने कार्य पत्रकारिताको व्यावसायिक मर्यादा एवं पत्रकार आचार संहिता विपरीत हुने हुँदा सञ्चार माध्यम, पत्रकार एवम् पत्रकारितासँग सम्बन्धित संस्थाबाट यसप्रकारका गतिविधि नगर्नरनगराउन अपिल गरिन्छ’ – प्रेस विज्ञप्तिमा भनिएको छ ।यस्तो कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्ने हुँदा यस्तो कार्य नगर्नरनगराउन र मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्रीहरू प्राथमिकतासाथ सम्प्रेषण गर्न पनि प्रेस काउन्सिल नेपालले सम्बन्धित सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ ।

यस्तै कुनै सञ्चार माध्यमबाट सम्प्रेषित समाचारमा चित नबुझेमा वा सञ्चार माध्यम तथा पत्रकारले पत्रकार आचार संहिताविपरीत कार्य गरिरहेको पाइएमा वा कुनै जनगुनासो भएमा काउन्सिलमा सम्पर्क गर्ने, उजुरी दिने व्यवस्था रहेको र आचार संहिता पालना भएरनभएको विषयमा सूक्ष्मरूपमा अनुगमन भइरहेको उक्त्त विज्ञप्तिमा उल्लेख छ ।

Nabintech