गोरखा – नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा गएर रोएका छन् । चितवनमा चुनाव हार्ने भएसँगै गोर्खा २ मा उम्मेदवारी दिएका प्रचण्ड आज आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम डाँको छोडेर रोएका हुन् । कार्यक्रममा बोल्दै प्रचण्डले आफूमा विचलन आएको स्वीकारे ।
चीनमा माओत्सेतुङ चिङ्कासाङ फर्किएको उदाहरण दिँदै आफू गोर्खामा सुध्रिन आएको र मौका दिन आएको भन्दै डाँको छोडेर रोएका हुन् । प्रचण्डले गोरखा जाने भनेपछि दुई–चार दिन त आतंक भएको सुनाए ।
२२ वर्ष अघि आफू गोरखामा आएर युद्धको योजना निर्माण गरेको र ४० वर्षपछि फेरी गोरखा नै आउनुपरेको दाहालले बताए । प्रचण्डले यसअघि पनि पटक पटक कार्यक्रमहरूमा रुने गरेका थिए ।
यस पटकको रुवाइ प्रचण्डको हारको मानसिकता भएको प्रत्यक्षदर्शी एक कार्यकर्ताले बताए । ‘आजसम्म प्रचण्ड यति निराश भएका आजसम्म हामीले देखेका थिएनौँ,सायद प्रचण्डले बुझिसके यस पटक जितिन्न ।’
उता प्रचण्ड विरुद्घ मैदानमा उत्रिएका एमालेका उम्मेदवार अब्दुश मिँयाले गोरखाबाट प्रचण्डलाई यस पटक हराइने उद्घोष गर्नुभएको छ । प्रचण्डलाई राजनीतिक अस्थिरताको मुख्य कारक भन्दै मिँयाले यस पटक गोरखालीहरुले जसरी पनि हराइदिने बताइने समाजिक संजालबाटै बताउनुभएको हो ।
News Source: https://chakrapath.com/newsdetails/63043