५ जेष्ठ २०८१, शनिबार
गोरखामा रुँदै प्रचण्डले गरे विलौना,हार्ने निश्चित !

  • टाइम्स संवाददाता

  • २९ आश्विन २०७९, शनिबार ०५:४१

गोरखा –  नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा गएर रोएका छन् ।  चितवनमा चुनाव हार्ने भएसँगै गोर्खा २ मा उम्मेदवारी दिएका प्रचण्ड आज आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम डाँको छोडेर रोएका हुन् । कार्यक्रममा बोल्दै प्रचण्डले आफूमा विचलन आएको स्वीकारे ।

चीनमा माओत्सेतुङ चिङ्कासाङ फर्किएको उदाहरण दिँदै आफू गोर्खामा सुध्रिन आएको र मौका दिन आएको भन्दै डाँको छोडेर रोएका हुन् । प्रचण्डले गोरखा जाने भनेपछि दुई–चार दिन त आतंक भएको सुनाए ।

२२ वर्ष अघि आफू गोरखामा आएर युद्धको योजना निर्माण गरेको र ४० वर्षपछि फेरी गोरखा नै आउनुपरेको दाहालले बताए ।  प्रचण्डले यसअघि पनि पटक पटक कार्यक्रमहरूमा रुने गरेका थिए ।

यस पटकको रुवाइ प्रचण्डको हारको मानसिकता भएको प्रत्यक्षदर्शी एक कार्यकर्ताले बताए । ‘आजसम्म प्रचण्ड यति निराश भएका आजसम्म हामीले देखेका थिएनौँ,सायद प्रचण्डले बुझिसके यस पटक जितिन्न ।’ ​​​​​​​

​​​​​​​उता प्रचण्ड विरुद्घ मैदानमा उत्रिएका एमालेका उम्मेदवार अब्दुश मिँयाले गोरखाबाट प्रचण्डलाई यस पटक हराइने उद्घोष गर्नुभएको छ । प्रचण्डलाई राजनीतिक अस्थिरताको मुख्य कारक भन्दै मिँयाले यस पटक गोरखालीहरुले जसरी पनि हराइदिने बताइने समाजिक संजालबाटै बताउनुभएको हो ।

News Source: https://chakrapath.com/newsdetails/63043

Nabintech