६ जेष्ठ २०८१, आईतवार
नमुना जुटदै नमुना काममा

  • टाइम्स संवाददाता

  • २९ आश्विन २०७९, शनिबार ११:५५

नरैनापुर,बाँके: बाँकेको नरैनापुरका बाढी प्रभावित जनतासँग माओवादी केन्द्रकी युवा नेतृ तथा निवर्तमान प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले जिल्लामै अभियानका रुपमा निरन्तर भेटघाट तथा छलफल गरेकी छिन।

उनी लगातारको वर्षातको कारण डुवानमा परेको नरैनापुरका सबै वडामा पुगेर बाढी प्रभावित तथा स्थानीयसँग छलफल गर्नुको साथै बाढी पीडितको उद्दार, राहत र व्यवस्थापनमा विषेश चासोको साथमा नरैनापुर पुगेको बताइएको छ ।
सत्ता गठबन्धन दलबाट आसन्न मंसिर ४ गते हुन गइरहेको चुनावमा नमुना बाँके क्षेत्र नम्बर १ क बाट लुम्बिनी प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी छन् ।

बाढी पीडितको उद्दार, राहत र व्यवस्थापनमा खटिएको अवस्थामा प्रदेश सभा सदस्य पदको उम्मेदवारको लागि उनको टिकट पाएकी थिइन् । नमुनाले अहिले बाढी प्रभावितको घरदैलोमा पुगेर उनीहरुका गुनासा तथा पीडाहरु सुनेर समाधानको समेत पहल गर्दै आइरहेकी छन् ।

स्थानीयहरुका समस्या सुनेपछि उनले राप्ती नदीको बाढीको समस्या हल गर्नको लागि ठूलो लगानीमा बाँध बन्न थालेको जानकारी गराएकी थिइन् । छलफलका क्रममा नमुनाले बाढीबाट पीडितलाई क्षणिक राहत दिनुभन्दा प्रभावकारी तटबन्ध गरेर समस्या समाधान गर्नतर्फ आफु केन्द्रित रहेको बताइन् ।

स्थानीयहरुले समेत अहिलेसम्म कुनै पनि नेताहरु आफुहरुकहाँ नआएको भन्दै पहिलोपटक नमुना आएको भन्दै धन्यवाद दिएका थिए । अहिलेसम्म हाम्रा समस्या सुन्न कोही पनि आएका थिएनन’ स्थानीय उमा मुकेरीले भनिन्, पहिले पनि तपाई हाम्रो घरदैलोमा आइरहनुहुन्थ्यो । अहिले बाढी आएको बेला आउनुभएको छ । तपाईलाई हाम्रो तर्फबाट धन्यावाद दिन चाहान्छौं ।’

 

Nabintech