२५ बैशाख २०८१, मंगलवार
जनस्तरमा सचेतना फैलाउन सके उर्जापुर्ण नजिता ल्याउन सकिने: भार

  • टाइम्स संवाददाता

  • २९ आश्विन २०७९, शनिबार १४:३०

नेपालगञ्ज: नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक देवराज भारले जनस्तरमा सचेतना फैलाउन सके उर्जापुर्ण नजिता ल्याउन सकिने धारना ब्यक्त गरेका छन । उन्ले नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी बांकेको बैठकमा यस्तो कुरा बताएका हुन । थोरै विरोधी धेरै समर्थक जनतामा आफ्नो कुरा लैजान गाउगाउमा जानपर्ने भन्दै भारले तडकभडकको भन्दा १५ सदस्यीय सचिवालयले युद्धस्तरमा रहेर काम गर्नुपर्ने धारणा ब्यक्त गरे ।

नेकपा एमाले बांके जिल्ला अध्यक्ष एबं बाँके क्षेत्र नं ३ प्रतिनिधि सभा उम्मेदवार किस्मत कुमार कक्षपतिले राप्रपा र एमालेको तालमेलका उम्मेदवार जिताउन तत तत निकायका जिम्मेवार साथीहरू कृयाशील रुपमा लाग्नुपर्ने धारणा ब्यक्त गरे ।

परिस्थितिको विश्लेषण गरेर समय र परिस्थितीलाई आफ्नो काबुमा लिए नतिजा सकारात्मक आउने भन्दै राप्रपाका बांके क्षेत्र नं २ का उम्मेदवार डा. धवल शम्शेर राणाले निर्वाचनपछि पनि एमालेसंग सहकार्यको यात्रा जारी रहने बताए । राप्रपाले कुनै पनि गद्धारी गर्दैन राप्रपालाई आउने बराबर भोट एमालेलाई आउँछ उन्ले भने ।

यसैगरि नेकपा एमालेका नेता तथा बांके क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले अहिले नयाँ इतिहास रच्ने अवर प्राप्त भएकाले रास्टृय स्वाधीनतासंग जोडिएको यसपटक निर्वाचन पहिलो शक्तिको रूपमा स्थापित गर्न सबैलाई सक्रियकृयाशीलपुर्बक लाग्न जोड जोड दिए ।

सबै उम्मेदवारले जित्ने आधार तय भएको छ भन्दै नेकपा एमाले अनुसासन आयोग सदस्य शान्ति ढकालले एमाले नभेटेको व्यक्ति र नपुगेको कुनै घर नहुने बाताबरण बनाउन उम्मेदवारहरुलाई अपिल गर्दै विकास र समृद्धिको सवालमा बाँकेका मुद्दा राष्ट्रिय रूपमा स्थापित गर्ने अभिभारा हाम्रो काधमा आएको धारणा ब्यक्त गरिन ।

 

Nabintech