२५ बैशाख २०८१, मंगलवार
६७ औँ प्रहरी दिवस यसरी मनाइयो

  • टाइम्स संवाददाता

  • ३१ आश्विन २०७९, सोमबार १२:४६

काठमाडौं : नेपाल प्रहरीले ६७ औँ स्थापना दिवसको अवसरमा आज विषेश कार्यक्रम गरेको छ। नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको गरेको हो। हरेक वर्ष वर्षभरिमा उत्कृष्ट काम गरेका सकल दर्जालाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्दै आएकोमा प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी सुदिप गिरी उत्कृष्ट भए यस्तै प्रहरी दिवसको अवसरमा करिब २५ जना सकल दर्जालाई पुरस्कृत गरिएको छ।

डीएसपी अनिल घिमिरेले पूर्ण शान्ति पुरस्कार पाए।  विशेष ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्राप्त गरेका छन्।

यस्तै इलाका प्रहरी कार्यालय अनारमनिका इन्चार्ज रुगम कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए।  नेपाल प्रहरी २०१२ सालमा स्थापना भएको थियो ।

 

Nabintech