८ आश्विन २०८१, मंगलवार
स्वास्थ्य चौकीमा म्याद नाघेका औषधि

  • टाइम्स संवाददाता

  • १ कार्तिक २०७९, मंगलवार ०७:५५

कपिलवस्तु : शिवराज नगरपालिका ३ मा रहेको चनई स्वास्थ्य चौकीमा म्याद गुज्रिएका औषधि वितरण भएको पाइएको छ। चौकीबाट वितरण गरिएको आइरन चक्की र नाबी मलमलगायतको म्याद नाघेको पाइएको हो।

म्याद नाघेका औषधि वितरण भएको भन्ने गुनासो आएपछि नगर प्रमुख अजय थापाले सोमबार स्वास्थ्य चौकीको अनुगमन गरेका छन्। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई सहितको टोलीले स्वास्थ्य चौकीको लापरबाहीबारे स्पष्टीकरण माग गरेको छ। स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले समेत म्याद गुज्रिएको औषधि वितरण गरेको स्वीकार गरे।

अनुगमनका क्रममा स्वास्थ्य चौकीमा औषधि अभाव रहेको र वितरण गर्दा ध्यान नदिएको पाइएको छ। अनुगमनमा शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भट्टराईले औषधि वितरण गर्दा ध्यान दिएर वितरण गर्न निर्देशन दिए ।

नगर प्रमुख थापाले म्याद सकिएको औषधि वितरण गर्ने कर्मचारीसँग  स्पष्टीकरण माग गर्न र यस्तो कार्य पुन: नदोहोर्‍याउने प्रतिबद्धता जनाउन लगाउन स्वास्थ्य शाखा प्रमुख भट्टराईलाई निर्देशन दिएका छन्। स्वास्थ्य चौकीले दिएको म्याद गुज्रिएको सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि नगरपालिकाको टोलीले अनुगमन गरेको हो।

Nabintech