२५ बैशाख २०८१, मंगलवार
आज देशभर सार्वजनिक बिदा

  • टाइम्स संवाददाता

  • १ कार्तिक २०७९, मंगलवार ०८:०२

काठमाडौं : सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।  शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । उनको निधनको शोकमा आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने समेत निर्णय भएको गृहले जनाएको छ ।

Nabintech