६ जेष्ठ २०८१, आईतवार
नरैनापुरका स्थानिय भन्छ्न हामिलाई आश्वासन होइन बिकास चाहिएको छ

ढकाललाई यसपटक मत दिएर उनको बिकास हेर्नुछ, उनलाई अहिले नरैनापुरबासिलाई आस देखाएर सपना बाढ्न भन्दा काम गरेर देखाउन आग्रह


  • सरला सुबेदी

  • २ कार्तिक २०७९, बुधबार १०:०६

नरैनापुर, बाँके : नरैनापुर गाउँपालीकालाई सुगम जिल्लाको दुर्गम गाउँपालिका भनेर चिनिन्छ । नरैनापुर गाउँपालिकाको मुद्दा अनि सवालहरुलाई कति नेता सासद र मन्त्री भए तर स्थानिय जनताको दुख त्यहिको त्यही सुखको अनुभुती आजसम्म गर्न पाएका छैनन । नरैनापुर गाउँपालिकाका स्थानिय ६१ बर्षिय गुलाम हैदर शेख भन्छन् नरैनापुरका हामी जस्ता कृषीमा निर्भर जनताको लागि केही सकारात्मक बिकास होला भन्दा भन्दै आफ्नो उमेर ढल्किसक्यो तर हाम्रा पिडाको सुनुवाइ कहिले भएन कहिले डुबान कटान कहिले सुख्खा खडेरी कहिले बीउ मलको अभाव यसपाली १० बिगाह जग्गा खडेरीको कारण बाझै रह्यो अब हाम्रो समस्या जसले समाधान गर्छ उसैलाई मत दिने हो भन्दै उनी आक्रोशित भए ।

यस्तै नरैनापुरकै अर्का स्थानिय कृषक अहमद हुसेले पनि आफ्नो १० कठ्ठा खेत बाझै रहेको बताए । उनले २०७४ मा नि नेताहरु गाउँमा सिचाईको व्यवस्था गर्छौ अनि डुबान कटानको व्यवस्था गर्छौ किसानका लागि मल बिउबिजन सौलियतमा प्रदान गर्छौ भने तर बाटो ल्यायौ बिजुली पुर्यायौ भनेर सबैले सधै त्यही कुरा भजाएर बसे तर यसपाली नयाँ अनि सकारात्मक बिकास र सकारात्मक परिवर्तन चाहने युवा जो नरैनापुरका स्थानीयको घरघरमा पुगेका छन् नेकपा एमालेका नेता सुर्य ढकाललाई यसपटक मत दिएर उनको बिकास हेर्नुछ भने उनले अहिले हामी सोझा जनतालाई आस देखाएर सपना बाढ्न भन्दा काम गरेर देखाउन उनले आग्रह समेत गरे।

यस्तै नरैनापुरका अर्का स्थानिय कृषक रहिस मुकेरीले पनि आफ्नो १० कठ्ठा जग्गामा ६ कठ्ठा जग्गा बल्लतल्ल बोरिङमोटर लगाएर रोपेको तर असोज महिनामा लगातार परेको पानीले त्यही पनि तहसनहस पारेको गुनासो गरे उनले नरैनापुरबासी अनि हामि किसानहरुको समस्या भनेको डुबान कटान अनि सिचाईको व्यवस्था नहुनु हो यो भन्दा अघिका नेताहरुले गर्छौ गर्छौ भने तर केही गरेनन जस्को कारण अहिले हामिले भोखमरीको समस्या झेल्नु पर्नेछ।

अब हाम्रा समस्याको समाधान जसले गर्छु मात्र भन्छ्न तर केही गर्दैनन त्यस्तालाई हामी भोट हाल्दैनौ यस पटक नयाँ युवा अनुहारलाई हाम्रो समर्थन रहनेछ भनेर आफ्ना दुख सुनाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार सुर्य ढकालले आफुले पदमा नरहदा पनि आजसम्म नरैनापुरका स्थानियबासिन्दाको दुख सुखमा सङ्गै रहेको र अबका दिनहरुमा पनि उहाँहरुको दुख सुखमा रहने बताएका छन् उनले भाषणमा भन्दा काम गरेर नै जनताको मनमा बस्ने बताए ।

Nabintech