८ बैशाख २०८१, शनिबार
कोहलपुर र राप्ति सोनारीलाई समृद्ध गाउँ, विकसित शहरको रुपमा बिकास गरिने: चौधरी

  • टाइम्स संवाददाता

  • २ कार्तिक २०७९, बुधबार १०:१९

कोहलपुर,बाँके : नेपाल उद्योग तथा व्यवसायी महासङको बृहत व्यवसायी भेला आज कोहलपुर १२ मा सम्पन्न भएको छ।भेलामा व्यावसायीका समस्या अनि समाधानका बारेमा छलफल गरिएको थियो।  भेलालाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश सभा सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद चौधरीले कोहलपुर र राप्तिसोनारी सम्भावना बोकेको ठाउँ जसलाई व्यापार र पर्यटनमा जोडेर समृद्द गाउँ र विकसित शहरको रुपमा बिकास गर्ने योजना बताए उनले कोहलपुर चौराहदेखि चपरगौडीजाने बाटोको उत्तरभागमा रहेको जङ्गल जस्ले गर्दा ६ बजे पछि महिला दिदिबहिनीहरु ढुक्कसङ्ग एक्लै हिढ्न पाउने अवस्था छैन त्यसैले उक्त स्थानमा भएको जङ्गललाई व्युटिफिकेसन गरेर पार्क वा धार्मिक स्थलको रुपमा बिकससित गराउने योजना आफ्नो रहेको र जुन जसले कोहलपुरको थप सौन्दर्य बढाउन सहयोग पुग्ने बताएका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका उम्मेदवार सुर्य ढकाल सधै आफू व्यवसायीहरुको साथमा रहेको र आगामी दिनहरुमा पनि व्यवसायीको साथमा रहने बताएका छन् ।नेकपा एमालेले राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने भुमिका खेल्ने र बाँके जिल्लाको बिकास निर्माणलाई पहिलो प्राथमिकता दिने बताउदै यो क्षेत्रको व्यापार व्यवसायको बृहत्तर बिकासको लागि आफ्नो पहिलो पहल कदमी हुने बताए। यस्तै भेलामा व्यवसायीहरुले पनि आफ्ना समस्या सुनाएका थिए ।

Nabintech