• २३ मंसिर २०७९, शुक्रबार
उर्जावान युवा भुम भण्डारी किन रोजे ढकिया ! राज्य दोहन गर्नेका बिरुद्ध आफनो उम्मेदवारी

कांग्रेस भएकै कारण बिस्थापित , निर्वासन सम्म भोगेका भण्डारी राजनीति उतार चढाबकाबिच आफु लागेको पार्टिले बाटो बिराएपछि नेपाली कांग्रेस त्यागेर ढकिया चुनाव चिन्ह बोकि नागरिक उन्मुक्ति पार्टिको उम्मेदवार भएको दाबि


  • प्रमोद रिजाल

  • ३ कार्तिक २०७९, बिहीबार १९:२३

बांके, कोहलपुर: बांके बर्दियामा चर्चित नाम हो भुम भण्डारि । खरो स्वभाब अन्याय नसहने निमुखाको पक्षमा बोल्ने, भ्रष्ट दलालहरुको सधै दोहोलो काढ्ने र राजनैतिक, आर्थिक, सामाजिक, नैतिक र अंकगणितियरुपले हरेक क्रियाकलापलाई सधै आफनो मानसपटलमा राखेर हिडने भण्डारिको जन्म रुकुम जिल्ला चौरजहारीमा २०३८ जेठ २० भएको हो ।

गाउँमै रहेको स्थानीय प्राथमिक विधालयमा प्रारम्भिक अध्ययन शुरु गरी २०५३ मा शितल उच्च माध्यामीक विद्यालय चौरजहारी रुकुमबाट एस एल सी  उतिर्ण गरेका भण्डारी २०५१ सालमा सोहि बिद्यालयमा नेपाल विद्यार्थी संघ नि.मा.वि. इकाई अध्यक्ष भए भने २०५३ मा.वि. इकाई सहसचिव हुदै महेन्द्र बहुमुखी क्याम्पसमा २०५५ मा प्रवीणता पत्रतहको मानविकी शंकाय  अध्यक्षको भुमिकामा नेपाली कांग्रेसको भातृ संस्थामा रहेर बिपि बिचारलाई नेपाल विद्यार्थी संघको रुपमा अंगिकार गरिरहे ।

२०५६ मा राजनीतिशास्त्र विद्यार्थी समुह सदस्य, २०५६ राजनीतिशास्त्र असल शासन रेडियो श्रोता समुह सदस्य, २०५६ मा महेन्द्र बहुमुखी क्याम्पस इकाई सदस्य, २०५९ देखि २०६१ सम्ममा महेन्द्र बहुमुखी क्याम्पस इकाई सचिव, २०६० मा स्ववीयु सदस्यका प्रतिद्धन्दी, २०६१ बैशाखदेखि २०७० मा क्याम्पस इकाई अध्यक्ष र २०६२ मा म.व. क्याम्पस स्ववीयु सचिवमा प्रतिद्धन्दी हुदै राजनितिमा आफनो क्रियाशिलता जारी राखे ।

२०६५ मा म.व. क्याम्पस स्ववीयु सभापतिमा प्रतिस्पर्धा गर्दै २०७० देखि २०७३ सम्ममा नेविसंघ केन्द्रिय सदस्य हुन सफल भए । राजनीतिशास्त्र र  नेपाली साहित्यमा एम ए , शिक्षा शास्त्रमा वि एड सम्मको अध्ययन पूरा गरेका भण्डारी नेपाली काङ्ग्रेसको १३औं महाधिबेशन २०७२ बाट कोहलपुर नगर पार्टी सचिव निर्वाचित भएर राजनीतिक आन्दोलन हाक्दै आएको लामो अनुभब बटुल्न सफल भए । राजनैतिक यात्राका क्रममा नेपाल प्रहरीबाट पटके राजनीतिक मुद्धामा १७ पटक पक्राउ परे भने द्वन्द्वकालका बेलामा २०५८ मंसीर देखि २०५८ पुस सम्म इमामनगर राँझामा नेपाल आर्मीको ब्यारेकमा नजरबन्दमा समेत परे ।

नेपाल आर्मीको नजरबन्दबाट मुक्त हुन बित्तिकै माओवादीको ज्यान मार्ने धम्कीले गर्दा  २०६०असोज १४ गतेसम्म भारतको नासिक भन्ने शहरमा निर्वासित जीवन ब्यतित गरेका भण्डारी २०७१ मा कोहलपुर कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सवको संयोजक भएर जिम्मेवारी पूरा गरे । २०७२ असोज देखी बागेश्वरी क्याम्पस संचालक समिती सदस्य, २०७२ कार्तिक देखि युथ पिस सेन्टरका केन्द्रीय उपाध्यक्ष, २०७२ फाल्गुन कोहलपुर नगरको पार्टी सचिव, २०७२ फाल्गुण देखि कोहलपुर नगरपालिकामा पार्टी प्रतिनिधीको जिम्मेवारीहरु नेतृत्व सरल र सहज ढङ्गका साथ निर्वाहमा इमानदारी र निष्ठाका साथ लागेर पूरा गरे । पार्टीको राजनीतिक आन्तरिक संगठन निर्माण गर्ने क्रममा कार्यसम्पादनका पद बाहेक अपेक्षाकृत कुनै लाभको पदमा उनी पुग्न भने सकेनन ।

लामो राजनीतिक उतारचढावबाट देश धेरै पटक सुन्दर संमृद्धिको सपनाबाट बिमुख हुदै निराशाको कालो अन्धकारमा गुज्रिरहेको उनी ठान्छन । विभिन्न राजनीतिक दलको जन्म बिकास र अवशान सङ्गै केहि बर्ष देखि त दलिय बिहेवारी सत्ता पक्ष र प्रतिपक्ष अपवित्र अप्राकृतक गठबन्धन समेत हुने गरेको प्रति उनीलाई पटक्कै मन परेको छैन । यो दलिय बिहेवारी देशको हितमा नभई कुर्सी र राज्य दोहनमा केन्द्रित छ उनी भन्छन । सत्ता प्राप्तिको लोभ र लालसाले देशको राजनीतिक सयन्त्रमा एकाधिकार जमाउन सफल ठुला राजनीतिक दल अराजक र असफल बन्दै गएको अन्को आंकलन छ ।

राजनीतिक दलको स्थापना जन्म निश्चित सैधान्तिक दार्शनिक धरातलमा हुन्छ जो बिल्कुलै फरक फरक हुने गर्दछ । सबै सैद्धान्तिक आदर्श बिचारलाई लत्याउदै गरिने एकता र गठबन्धनले जनताको चाहाना र देशको समृद्धिको यात्रा पूरा हुनसक्दैन भन्ने धारणा बोकेका भण्डारी विभिन्न समयमा भएका राजनीतिक आन्दोलन संघर्ष र उपलब्धि कै विषयमा एकरूपता हुन नसकेका दलहरूको हातेमालो स्वार्थ उन्मुख भएको ठोकुवा गर्छन ।

२०५२ सालको संघर्षलाई जनयुद्धको नाम दिने माओवादी, शसत्र द्वन्द नाम दिने काङ्ग्रेस बिचको तालमेल राप्रपा एमालेको गठबन्धन अप्राकृतिक भएको सहज अनुमान गर्न सकिने तितो यथार्थ ठान्ने भण्डारी पुजीवादी सामन्त जमिनदारको सफायाको अभियानले बगाएको रगत र आतंककारी उग्रवादीको नाममा मारिएकाको रगत आज मिसिएको प्रति बिपिको मार्ग पतन भएको मात्र नभई हजारौं कांग्रेसको भावनामा लात हान्ने काम भएको प्रति आफनो सहमति नभएकै कारण कांग्रेसको बाटो परित्याग गर्न परेको उनी सुनाउछन ।

बर्ग दुश्मन र शत्रुको शंज्ञा दिने माओवादी र आतंककारी भनेर टाउकोको मुल्य तोक्ने काङ्ग्रेसको अहिलेको गठबन्धनले १७००० नेपालीको ज्यान र ध्वस्त भएको सम्पूर्ण भौतिक सरचनाको विध्वंसमा अपनत्व ग्रहणको स्विकारोक्ती नै देखिन्छ । स्वतन्त्रता सेनानी योद्धाहरुको रगतले सिंचित चारतारे झन्डा र लाल क्रान्तिकारी योद्धाको रगतले बनेको गोलोघेरा भित्र हसिया हतौडाको उदेश्य र लक्ष्य सत्ता र कुर्सीमा केन्द्रीकृत स्वार्थ नभएर के हो त उनी प्रति प्रश्न गर्छन ।

लोकतन्त्र भनेको सक्षम समान अधिकार अवसर प्राप्ति पनि हो २०४८ साल देखि २०७९ साल सम्म एउटै ब्यक्ति लगातार एकै निर्वाचन क्षेत्रमा चुनाव लडनु जमिन्दारी विर्ता हो साथै श्रीमती प्रेमिका भाई भतिजा आफन्तीलाई नेतृत्व सुम्पिनु नातावाद परिवारवाद र फरियावाद हावी हुनु हो । समाजमा ब्याप्त अराजकता अन्याय अत्याचार भ्रष्टाचारले परिस्थिति जटिल बन्दै गएको छ । राजनीतिक ,आर्थिक र प्रशासनिक अधिकार सिमित बर्ग समुदायको पेवा बनेको छ नेपाली समाजमा अझै पिछडिएको क्षेत्र उत्पीडनमा परेको समुदाय र आर्थिक रूपमा विपन्न बर्ग राज्यको पहुँच र पहिचान बाट उन्मुक्ति पाउन सकेको छैन यही बर्ग समुदायको उत्थान र अधिकार प्राप्तिका लागि मेरो उम्मेदवारी रहेको हो उनी भन्छन ।

नेपाली काङ्ग्रेसको सचिव पदमा रहदै गर्दा पनि पार्टी भित्रको आन्तरिक आराजनितिक क्रियाकलाप विरुद्ध कडा रूपमा बिरोध गर्ने र सत्तामा हुँदा अथवा प्रतिपक्षी दलको भुमिकामा सदैव जनसरोकारका विषयका मुद्दामा अग्रसर हुँदै स्थानीय भ्रष्टाचार अन्याय अत्याचार अन्याय बिकृती बिसङ्गती विरुद्ध लागेका भण्डारी स्थानीय स्तरमा अत्यन्तै सामाजिक जवाफदेहीता र पारदर्शिता सवालमा सूचना अभियान्ताको रूपमा सचेत नागरिक कर्तव्य र जिम्मेवारी पूरा गर्ने गरेको कोहलपुरे माझ जग जाहेर नै छ ।

पछिल्लो समयमा अन्याय अत्याचार र बेइमानी सहन नसक्ने र राजनीतिक रुपमा सिद्धान्त निश्ठालाई कसैसंग सम्झौता नगरेकै कारण पार्टीको कुनै जिम्मेवारीमा अटाउन नसकेको उनी अनुमान गर्छन । राजनीति स्वच्छ र सफा हुन जरुरी छ अन्यथा नागरिक तथा जनताको वितृष्णा बढने र निराशा जन्मिने भएकाले पार्टी भित्र बढी रहेको ब्यापारी करण नातावाद कृपावाद परिवारवाद र फरियावादले चरम उचाई लिएको साथै चाकरी चाप्लुसी दास मनोवृत्ति एवं नोकरशाही प्रवृत्तिको चर्को आलोचना र बिरोध गरे पनि कमै हुने उनी आंकलन गर्छन ।

पद भन्दा पद्धति ब्यक्ति भन्दा बिधि नेता होइन निति प्रधान राजनीति स्थापित हुनुपर्छ नेपालको राजनीति र राजनीतिक दलमा अवसरवाद र राज्य दोहनको नितिगत भ्रष्टाचार बढ्दो रुपमा गएको छ, देशको सर्वाङ्गिण उन्नति प्रगतिको धरातल भनेको राजनीतिक, सास्कृतिक, सामाजिक, आर्थिक र साहित्यिक र सकारात्मक चेतना नै हो भन्ने भण्डारी सुशासन, समृद्धी र समाजको समग्र विकासका लागि भौगोलिक विकासले पूरा गर्न सकिन्न आम नागरिकमा सचेतता र सर्वहितको जागरण आवश्यक पर्दछ भन्ने औंल्याउछन ।

राजनीतिक चेतनाको विकास सङ्गै हुने संघर्ष र आन्दोलन पश्चात हुनुपर्ने भौतिक नैतिक र आर्थिक समृद्धिको लक्ष्य पहिल्याउन नसक्नु देशकैलागि दुर्भाग्यपूर्ण छ । देश र नागरिकको सबै क्षेत्रमा समृद्धी ल्याउनु हामी सबैको पहिलो प्रयास हुनु पर्छ। विकास, शान्ति, सुरक्षा र शुसासन देश विकासको आधार हो राजनीतिमा समर्पित ब्यक्तिको जिवन परिवारलाई मात्र होईन समाज र रास्ट्रकालागि समेत समर्पित हुनुपर्छ । सरलता सहजता इमानदारीता पारदर्शी स्वभाव सबै नेतृत्व र नेतामा हुनुपर्ने गुण हुन ।सकारात्मक र सर्वहित कार्यलाई प्रोत्साहन र ब्यक्तिगत स्वार्थ र अनैतिक कार्यलाई निरुत्साहित गर्न सक्नुपर्छ उन्को बलियो आधारपुर्ण धारणा रहेको छ ।

शताब्दीऔं देखि दमन निरंकुशता,जर्जर बर्बरता र अस्वस्थ राजनीतिक अभ्यासको शिकार भएको देशलाई अझै नेपालका राजनीतिक दल नियोजित रुपमा दोहन गर्न लालायित हुनु दुखद र अशोभनीय छ एकाधिकार वादी सोच , नितिगत राज्य दोहन, अनियमितता अन्त्यका लागि शान्तिपूर्ण बैचारिक मताधिकारको बिद्रोहको उपयुक्त समय र अवसर आवधिक निर्वाचनको मतदान नै सान्दर्भिक रहन्छ भन्ने हेतुले आफनो उम्मेदवारी रहेको प्रष्ट पारे ।

भण्डारी बिद्यार्थी आन्दोलन, कांग्रेस भएकै कारण बिस्थापित , निर्वासन सम्म भागेका भण्डारी राजनीति उतार चढाबकाबिच आफु लागेको पार्टिले बाटो बिराएपछि नेपाली कांग्रेस त्यागेर ढकिया चुनाव चिन्ह बोकि नागरिक उन्मुक्ति पार्टिको उम्मेदवार भएको दाबि गर्छन ।
किसान,मजदुर,भुमिहिन,सुकुम्बासी र बिपन्न बर्गका पहिचान र पहुँचको लागि नागरिक उन्मुक्ति पार्टिबाट आफुले उम्मेदवारी दिएको बताउछन ।

उनी भन्छन आर्थिक पारदर्शिता , जवाफदेहीता र सुशासनका लागि बिगत लामो समय देखि सुचना अभिन्ताको रुपमा कार्य गरि प्रशासनिक, योजाना बिकासका नाममा हुने ब्यथिती र भ्रष्टाचार अन्त्य गर्न खबरदारी गरेको जसले गर्दा सरोकारवाला निकाय र नागरिकमा अधिकार , जिम्मेवारी जवादेहिता र कर्तव्यबोध गराउन मद्दत पुगेको अनुभब आफुसंग भएकाले पनि समाजका लागि केहि गर्न सक्छु भन्ने आफनो आत्ममा बल पुगेकोले पनि बांके क्षेत्र नं. १ ख बाट आफुले उम्मेदवारी दिएको बताउछन ।

२०५६ सालमा रुकुमबाट माओबादि द्धन्द्धका कारण बिस्थापित भएर बर्दिया जिल्ला धधवारमा बसाई सरेका भण्डारी त्यहाँ पनि बस्ने बाताबरण नबने पछि बाके जिल्ला नेपालगन्जमा बसाई सरेको बताउछन । तत पश्चिात २०५९ सालमा कोहलपुर नगरपालिका वाड न ८ मा स्थायी रुपमा बसोबास गरि नेपाली कांग्रसमा रहेर राजनिति गर्दै आएका भण्डारी राजनैतिक बेइमानिकै कारण आफुले ढकिया बोकेर जनताका समस्याहरु सोहि ढकियामा भर्ने र सत्तामा पुगेर आम नागरिकमा भएको अत्याचार, अन्याय, गरिबि तथा तमाम जनस्तरका समस्यालाई उजागर गर्दै उनीहरुको अधिकार प्राप्तिकालागि दिलो ज्यानका साथ लागिपर्ने बताउछन । राज्य दोहन गर्नेका बिरुद्ध आफनो उम्मेदवारी रहेको भण्डारीको थप कथन रहेको छ ।

Nabintech