६ जेष्ठ २०८१, आईतवार
साढे २ लाख धरौटीमा छुटे अपूर्व

  • टाइम्स संवाददाता

  • ३ कार्तिक २०७९, बिहीबार २०:२५

काठमाडौं : काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको उनको पक्षमा बहस गरेका अधिवक्ता शान्तिराम खतिवडाले जानकारी दिए।

‘अपूर्वलाई चारवटा मुद्दा लगाइएको थियो, श्रीमानबाट साढे २ लाख धरौटीमा छाड्न आदेश भएको छ’, खतिवडाले सँग भने, ‘उनी धरौटी रकम बुझाएर भर्खरै छुटेका छन्।’

अपूर्वको पक्षमा खतिवडा र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए। युट्युवमा स्ट्याण्डअप कमेडी शो ‘कमेडी सर्कल’ संचालन गर्दै आएको अपूर्वले नेवाः समुदायलाई होच्याउने गरी प्रस्तुती दिएको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

अपूर्वविरुद्ध पृथविन्दु महर्जनसमेतले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी सामाजिक रितिस्थितिमा खलल पुर्‍याएको सम्बन्धमा चार वटा अभियोग लगाइएको थियो।

Nabintech