६ जेष्ठ २०८१, आईतवार
साबिक रझेनाका स्थानिय आफ्ना समस्या युवा नेता ढकाललाई सुनाउदै

आफुले हालेको मतले जितेर सासद मन्त्री भएका उम्मेदवार एक पटक पनि आफ्नो गाउँ र टोलमा नआएको जनताको गुनासो


  • सरला सुबेदी

  • ४ कार्तिक २०७९, शुक्रबार १७:२५

बाँके, कोहलपुर:  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै गर्दा चुनावी अभियानलाई तिब्रता दिन नेकपा एमालेका उम्मेदवारहरु लगायत लोकतान्त्रिक गठबन्धन स्वतन्त्र र विभिन्न दलका उम्मेदवारहरु जनताको घरदैलोमा भोट माग्दै जनताको समस्या सुन्न र बुझ्न पुगेका छन् । साच्चै भन्ने हो भने २०७४ मा हामिले हालेको मतले जितेर सासद मन्त्री भएका उम्मेदवार एक पटक पनि आफ्नो गाउँ र टोलमा नआएको र आफ्नो टोलको समस्या जहाँको त्यही भएको हुदा जनतालाई आश्वासन नबाड्न कोहलपुर ३ बैकुण्ठनगरका स्थानिय युवा मोहन बस्नेतले नेकपा एमालेका नेता सुर्य ढकाललाई आश्वासन र भाषणमा भन्दा काम गरेर देखाउन आग्रह गरे ।

उनले नेता ढकाललाई आफ्नो गाउँमा हुने डुबानको समस्या अनि खानेपानीको समस्या समाधान गरिदिनु हुन अनुरोध गरे । यस्तै चुनावमा आउने आश्वासन बाढ्ने अनि फर्केर पछि गाउँ नै नछिर्ने नेताहरुलाई यसपाली भोटै नहाल्ने आक्रोश स्थानिय ६० बर्षिय वृद्ध फुलमाया केसीले व्यक्त गरिन। यस्तै कोहलपुर ३ मोतिनगरकी स्थानिय रमा चन्द ठकुरिले आफ्नो टोलमा पानी निकासको समस्या भएको हुदा असोज महिनाको पानीले आफ्नो पुरै घर नै डुवानमा परेको हुदा ससुरा बुवा बित्दा काजकिरिया गर्ने र तर्पन दिने ठाउँ सम्म नभएको गुनासो गरिन ।

यस्तै उनले आफ्नो टोलमा खानेपानीको समस्या सङ्गै डुबान र निकासको समस्या समाधान गरिदिन नेता ढकाललाई आग्रह गरिन यस्तै कोहलपुर ३ बैकुण्ठनगरका पदम केसीले आफ्नो टोल हरेक बर्ष अलिकति पानी पर्ने बित्तिकै डुबानमा पर्ने हुँदा सिक्टा सिचाइ आयोजनाको नहर्को पानी थुनिदा बस्ती पुरै डुबानमा पुगेकोले बालिनाली र घरमा क्षती पुर्याएको हुदा उक्त समस्याको समाधान गरिदिनहुन उनले नेकपा एमालेका उम्मेदवार ढकाललाई आग्रह गरे।

यस्तै कोहलपुर ३ मोतिनगरका युवा बसन्त अधिकारीले वैदेशिक रोजगारलाई निरुत्साहित गरि स्वदेशमै स्वरोजगार सिर्जना गर्नेले नेपाली माटोमै हामिजस्ता युवाले बगाएको पसिनाले सार्थकता पाउनु पर्ने बताए। चुनावी अभियानमा दौडिएका उम्मेदवार ढकालले आफू चुनाव पछि हारजित जे भएनी दुख सुखमा सङ्गै रहने बताउदै स्थानियका गुनासो अनि सम्बोधनलाई आफुले पूरा गर्ने बताए।

Nabintech