८ आश्विन २०८१, मंगलवार
किस्मतको किस्मत चम्कीयोस बाबाको आर्शिबाद

आफु जन्मे हुर्केको ठाउँमा विकास गर्न कुनै कसर बाँकी नराख्ने


  • टाइम्स संवाददाता

  • ७ कार्तिक २०७९, सोमबार १४:३०

नेपालगन्ज : बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार किस्मतकुमार कक्षपतिलाई डलईपुरका बाबाले आर्शिवाद दिनुभएको छ । सोमवार चुनावी प्रचारप्रसार अभियान कै क्रममा प्रतिनिधि सभाका उम्मेद्वार किस्मतलाई ब्रम्हचारी बाबा मजाकी दाशले आर्शिबाद दिनुभएको हो । खजुरा गाउँपालिकाको वडा नं. ५ स्थित बसन्तपुर, डलईपुर र उढरापुरमा गरिएको घरदैलो कार्यक्रमका विच किस्मतलाई बाबाले आर्शिवाद दिई जितको शुभकामना दिनुभएको थियो ।

घरदैलो कार्यक्रममा स्थानियले प्रतिनिधि सभाका उम्मेद्वार कक्षपतिलाई जिताउनु नै विकासको बाटो खुल्नु भएको धारणा राखेका थिए । कक्षपति आफैमा विकास प्रेमी भएको कारण जित भैसकेको छ अव मंसिर ४ मा माला लगाएर विजयी जुलुस मात्र निकाल्न बाँकी रहेको स्थानिय छेतनलाल साहुले भन्नुभयो ।

खजुरा, बैजनाथ र जानकीलाई समृद्ध बनाउन नेकपा एमालेले मात्र गर्न सक्ने स्थानियले बताएका छन् । जनताको घरदैलो कार्यक्रममा प्रतिनिधि सभाका उम्मेद्वार कक्षपतिले सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिप्रायका साथ बाँके क्षेत्र नं. ३ लाई विकासोन्मुख बनाउन मेरो उम्मेद्वारी रहेको बताउनुभयो । आफु जन्मे हुर्केको ठाउँमा विकास गर्न कुनै कसर बाँकी नराख्ने उहाँले धारणा राख्नु भएको थियो । बाँके क्षेत्र नं. ३ को लागि कृषि, शिक्षा, सडक, स्वास्थ्यमा कायपलट गर्ने गरि विकासको काम गरेर देखाउने उहाँले स्थानियसंग प्रतिवद्धता जनाउनुभएको छ ।

Nabintech