६ जेष्ठ २०८१, आईतवार
सल्यानमा बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

  • टाइम्स संवाददाता

  • ७ कार्तिक २०७९, सोमबार १६:५५

सल्यान : सल्यानमा देउसी भैलोका लागि निश्चित समय तोकिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ।

प्रशासनले तिहारको समयमा कानूनविपरीत गतिविधि नहुने गरी देउसी भैलो र नाचगान गर्न आग्रह गरेको छ। साथै पर्व मनाउँदा आफ्नो सांस्कृतिक पहिचान कायम राख्दै भड्किलो तथा खर्चालु नबनाउन र मादक पदार्थ सेवन नगरी सुरक्षित र मर्यादित तवरले देउसी भैलो तथा मनोरञ्जनात्मक गतिविधि गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए।

दीपावलीका वेला दियो, मैनबत्ती, पाला बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गर्दा आगजनी तथा विपद्जन्य घटनाहरू घट्न सक्ने भएकाले सोतर्फसमेत सचेत रहन अनुरोध गरिएको आचार्यको भनाई छ। कोही कसैले कानूनविपरीत काम गरे गराएको पाइए प्रचलित कानूनबमोजिम कडा कारबाही गरिनेसमेत उनको भनाई छ।

Nabintech