• २३ मंसिर २०७९, शुक्रबार
के गाईलाई एकदिन पुज्दैमा पुग्छ ?

आयुर्बेद वक्ताहरुको अनुसार गहुत स्वस्थबर्धक ,धातुरोग ,पेटको रोग ,मधुमेह जस्ता १०१ रोग नियन्त्रण तथा निर्मुल गर्न सकिने बताउदै आएका छन


  • युवराज देबकोटा

  • ८ कार्तिक २०७९, मंगलवार १०:०५

गाई हामि सबैले मान्ने धार्मिक महत्व बोकेको नेपालको रास्ट्रिय जनवार हो तर शास्त्रले जान्नु र मान्नु फरक हो भनेर भन्छ। हामीले गाईलाई लक्ष्मी माता र नेपालको रास्ट्रिय परिचयको रुपमामा जतिनै मानेता पनि यसको धार्मिक,बैज्ञानिक,भौतिक,मौलिक महत्व जान्न नसक्नु नै आजको गाईको दयनीय अवस्थाको मूल कारण हो।

नेपाली गाई भन्दा बढी दुध दिने उच्च नश्ल युक्त गाई भित्रिनु ,गाई भन्दा भैसी  व्यवसाय कृषक लाइ नाफा हुनु ,गोरुको जोत्ने,सामान ओसार्ने काम ट्याक्टर बाट छिटो छरितो हुनु नेपाली गाई/गोरु पालन प्रतिको रुचि निरन्तर घट्नुको मुख्य कारण हो। झन्झटिलो र आफुलाई फाइदा नभए पछि गाईलाई बेवारिसे  शैलीमा  जथाभाबी छोडिदिने गर्न थालिय।  जसको नतिजा आजको छाडा चौपायहरु हुन्। छाडा चौपायाहरुको निम्त्याएका सडक समस्या ,बालीनाली नोक्सान गरिदिने समस्याका कुराहरु  छुट्टै  छन्, जसको चर्चा आज गर्न चाहन्न र त्यसको कुनै अर्थ पनि छैन।

गाई पुजाको दिन बर्षको एकदिन फूलमालाले गाईलाई सिंगारेर फोटो खिचेर सामाजिक संजाल भित्ता रंगाउदैमा,गाईको चुनाब चिन्न लीएर हिन्दुधर्मको गित  गाउदैमा ,गाईको मासु खानु हुदैन भनेर घोक्रो सुक्ने गरि चिच्याउदैमा , दुइ रुपयाको डलरमा गाईको चित्र राख्दैमा रास्ट्रिय जनावर प्रतिको हाम्रो दायित्व सकिन्छ त ? सुनको मोहमा हिरालाई नचिनेर आज बेवास्ता गर्दै गर्दा कतै हामी झन् ठुलो नोक्सानीको भागीदारी भैरहेका त छैनौ  ?  हिन्दु धर्म अनुसार पुज्नु  पर्ने गाई कुन हो ? के सबै गाई एउटै हुन् ? के जुनसुकै गाईको गौउतले पनि उतिकै धार्मिक महत्व राख्दछ ? गाइको सेवा गर्ने प्रचलन कहिले देखि आयो के यसको पनि कुनै धार्मिक महत्व छ ? आज सयुक्त राष्ट्र अमेरिकामा पनिको पालन र  संरक्षण भैरहदा ,जर्मनमा घाटीमा माला भएको गाइको अध्ययन  गर्ने विश्वबिद्यालय  संचालन भैसक्दा हाम्रो नेपालमा   तिनै गाई छाडा चौपायाको रुपमा अवबस्थित रहनु उचित कि अनुचित ?

हाम्रो मान, सान र सम्मानमा यतिका योगदान दिएको गाईको स्मृति र संरक्षणमा नेपाल सरकार र नेपाली जनस्थरले के गर्यो त यस्ता
प्रश्न  हामी सिरानी मुनि राखेर गाई नेपालको राष्ट्रिय जनावर हो मात्र हाम्रो दायित्व पुरा हुदैन। गाईलाई अलि फराकिलो  र ताजा दृष्टिकोणबाट हेरिनु अत्यावाशेक  रहेको छ । गौमाता आफैमा धर्तिकी प्रतिक हुन् कुनै सानो जनावर मात्र होइनन द्वापर युग देखि अहिले सम्म आइपुग्दा हिन्दु धर्म अनि गाईको महत्व अलिकति पनि कम भएको छैन बरु आधुनिक र शिक्षित भनिएका राष्टले यसको पालन र संरक्षणमा जोड दिएका छन्।गाईको बर्णन हर युगमा गरिएको पाइन्छ। सत्य युगमा ऋषिमुनिहरुले गाई पालि सेवा गरि मोक्ष प्राप्त गरेको ,द्वापर युगमा स्वय भगवान  कृष्णले गाईको गोठाला गरेको गाइको दहि चोरी खाएको महाभारत र गीतामा बर्णन गरिएको छ। हिन्दु धर्म अनुरुप घाटीमा माला भएको गाई पुजनीय हुन्छ। यस गाईको दुध पातलो ,पोसिलो ,शक्तिबर्द्धक र स्मरण क्षमता बढाउने तत्वको मात्र धेरै  बढि हुन्छ। गाईको गहुत सुद्धशक्तिको प्रतिक हो। आयुर्बेद वक्ताहरुको अनुसार गहुत स्वस्थबर्धक ,धातुरोग ,पेटको रोग ,मधुमेह जस्ता १०१ रोग नियन्त्रण तथा निर्मुल गर्न सकिन्छ।
गाइको गोबरले माटोमा भएका बिशाक्तलाई नष्ट गर्ने काम गर्दछ र उर्बराशक्तिलाई अन्य जनवारको तुलनामा छ गुण मलिलो  गराउदछ । त्यस्तै यसको गोबर,, गौमुत्र दुध, दहि ,घिउ एउटा मिलेर पंचगब्य  बनाईन्छ जुन  हिन्दु धर्म अनुसार निकै पबित्र मानिन्छ। यो  पबित्र चिज बिना गरिने हवन पुजाको कुनै अर्थ हुदैन। मानिसको जन्म दिखी मृत्यु सम्म गाईको यतिका महत्व छ। मृत्युपछि पनि गौदान गरेपछि मात्र बैतर्नी नदि नार्कका नौ ओटानदि सजिलै तरिन्छ भन्ने हिन्दु विश्वास छ। गाईमा मानबिय गुणहरु भएकोले हिन्दु धर्ममा गाईको मासु खानु मान्छेको मासु खानु सरह भनिएको छ र यसको मासु बर्जित गरिएको छ। गाईले मानिसलाई र  वातावरण  यतिका धेरै गुण लगाउने भएकाले र आमाको जतिकै पौष्टिक ढुध दिने भएकोले गाईलाई आमाको दर्जा दीइएको छ।

हिन्दु धर्ममा गाईको मृत्युमा मानिसको मृत्यु भए सरि काजक्रिया गर्ने चलन पनि छ। एउटा गाईमा तेतिस  कोटी देवता बास हुने भएकोले एउटा गाइको सेवा मात्र गर्दा पनि तेतिस कोटी देवताको पुञ्जआराधना गर्नु एकै भएको कुराहरु शास्त्रहरुमा बर्णन गरिएको छ। गाईको शरीरले सम्पूर्ण  पृथिवीको तह संग सामंतर तालमेल मिलाउन सक्ने भएकाले यसले सकारात्मक उर्जा  प्रबाह गर्ने कुरा बैज्ञानिकहरुले   नै पुष्टि गरिसकेका छन्। मानिसको जन्मिए देखि  मृत्यु सम्म नभई नहुने गरि धार्मिक महत्व र संसारभर नेपालीलाई चिनाउने गाई आफै मनानिसले चीन्न,बुझ्न र जान्न नसक्नाले  नेपालभर निकै नै दयनीय र कष्टकर छाडा  चौपायाको रुपमा जीवन बिताउने बाध्य छन्।  यसको जिम्मा कसले लिने रास्ट्रिय जनावर घोषित  गर्ने सरकारले ,गाइको चुनाब चिन्न बोकेको राजनैतिक पार्टीले ,गाईको गौतलाई अमृत मान्ने नेपाली जनस्तरले ?

गाईलाई जसरी हामी राष्टिय  जनवार हो भनेर  पाखण्ड गर्ब गर्छौ ठिक त्यसरीनै गाई बचाऊ किन भन्दैनौ ? गाईको संरक्षण गरौ भनेर किन आवाज उठाउदैनौ। गाईको मासु खानु हुदैन भनेर पटक पटक बिद्रोह गर्न सक्ने हामी ,गाईलाई जथाभाबी बेबारिसे नछाडौ भनेर आवाज किन उठाउन सक्दैनौ। गाई हिन्दु धर्मको साचिकै गौरब हो भने गाई संरक्षणको बिषयमा  हामीले आवाज कहिले उठाउने ? आज देशको राष्ट्रिय जनावर सडकमा ७०% बेबारिसे अवस्थामा भोको बसिरहदा हामीले  गाइ पुजा गरेउ भनेर गमक्क भएर कहिले सम्म बसिरहने ?

हुन त गाईलाई हामीले संरक्षण गरे पनि नगरे पनि गाईलाई खासै फरक पर्दैन होला किनकि गाई बोल्न सक्दै।  मान्छे जति अवसरबादी पनि छै।   त्यसले धर्म नि मान्दै।  शुद्द पनि हुनुपर्दैन। पाप गरेकै छैन पाप कटाएर स्वर्ग पनि जानु छैन। खेतीपाती पनि गर्नुपर्दैन। त्यसले स्वस्थ रहन बिभिन्न्न पौष्टिक आहार पनि खानु पर्दै। साच्चिकै गाईलाई संरक्षण गर्दा गाइको भन्दा मान्छेको पो बढि स्वार्थ पुरा हुदो रैछ।

हामीले राष्ट्रिय जनवार गाइको संरक्षण को निम्ति आजसम्म कुनै उचित योगदान पुर्याएको छैनौ। यो धुर्ब सत्य हो। राज्यले पनि गाई ब्यबस्थापन र संरक्षणमा जुन भूमिका निर्बाहा गर्नु पर्ने हो त्यो गरेको छैन। यो स्थितिमा परिवर्तन अनिवार्य छ। नेपाली गाई मासियो भने धर्म रहदैन ,धर्म रहेन भने हाम्रो पहिचान रहदैन ,पहिचान रहेन भने हामी मरेतुल्ल्ये हुनेछौ । हामी बचेतुल्ल्ये हुने हो भने नेपाली गाईको सम्रक्षण अनिबार्य छ र संसार हेर्दै छ गाईको नाम लिदा नेपालीमा खोक्रो पाखण्डताको श्रद्धा मात्र छ कि त्यसको संरक्षण प्रतिको कर्तव्य निष्ठा पनि छ।

Nabintech