८ आश्विन २०८१, मंगलवार
रोल्पामा जीप दुर्घटना, दाजुभाइसहित तीनजनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १० कार्तिक २०७९, बिहीबार ०७:०७

रोल्पा : सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा दाजुभाइसहित तीन जनाको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, र ६० वर्षीय नारायणप्रसाद रिजालको मृत्यु भएको हो। उनीहरू दाजुभाइ हुन्। यस्तै दाङ राप्ती गाउँपालिका–१ भालुबाङ निवासी ५० वर्षीया फाम्सी केसीको पनि मृत्यु भएको छ।

रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु१ज ३२३४ नंको जीप दुर्घटनाग्रस्त भएको हो। जिप सडकबाट करिब १००मिटर तल खसेको थियो। जिपमा सवार १५ जना रहेको प्रहरीले बताएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन् भने सात जनाको अवस्था गम्भीर छ।

घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा सिफारिस गरिएको इलाका प्रहरी कार्यालय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जनकारी दिए। जिपको  ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीले बताएको छ।

Nabintech