८ आश्विन २०८१, मंगलवार
रोकिएन पटका आतंक, पटका पड्केको पड्कै स्थानिय प्रशासन मौन

अनाबश्यक रुपमा पटका पटकाउदा स्थानियमा त्रास, कतै आगजनि हुने होकि भन्ने आशंका


  • टाइम्स संवाददाता

  • १० कार्तिक २०७९, बिहीबार १८:३६

कोहलपुर, बांके: हिन्दूहरूको दोस्रो महान पर्वको रुपमा रहेको तिहार यस वर्ष बिदाई संघारमा हुँदासमेत पटाकाको आतंक अझै रोकिएको छैन। उज्यालोको पर्वको रुपमा रहेको यो उमंगको पर्व पनि हो।  लक्ष्मीको पूजा, झिलीमिली, रंगोली, र सजावटले तिहारमा रौनकता ल्याए पनि यस्को एउटा अंग पटाका र आतेशबाजी बन्न पुगेको छ। नेपालको कानुनले प्रतिबन्ध लगाएको आतिसबाजी पटका भने नेपालमा अबैध रूपमा भित्रिएर पडकिने गर्छ।

नेपाल सरकार र स्थानीय प्रशासन कार्यालयले समेत सूचना नै जारी गर्दै ओसारपसार र पड्काउनसमेत रोक लगाए पनि तिहारको अन्तिम दिन पनि ठूला–ठूला आवाजमा पटका पड्किरहेका छन्। भारतमा खुला रूपमा पाइने र पड्काउनसमेत मिल्ने प्रावधान भएकोले सिमावर्ती क्षेत्रमा अवैध रूपमा भारतबाट नै नेपालमा पटाका भित्रिने गर्छ।

सुरक्षा निकायले समेत तिहारलाई लक्षित गर्दै सिमाबाट पटाका भित्रिन नदिन कडाईका साथ चेकजाँच गरे पनि पटाकाको आतंक तिहार आउनुभन्दा पहिलैबाट र लक्ष्मी पूजाको सकिँदासमेत भइरहेको छ। सिमावर्ती क्षेत्रका बजारमा मात्रै होइन गाउँ-गाउँ र उपत्याका सम्म पटाकाको आतंक रहेको छ।

भारतबाट भित्र्याएर गैरकानुनी रूपमा बिक्री–वितरण हुने गरेको छ। सजावटका पसल, किराना तथा जनरल स्टोर्सहरुमा लुकिछिपी बिक्री–वितरण भएर यो आतंक अझै पनि रोकिएको छैन। अधिकांश जिल्ला प्रशासन कार्यालयले पटकाजन्य विस्फोटक पदार्थ प्रतिबन्ध गरे पनि यत्रतत्र पटका पड्किएको आवाज सुनिएको छ।

प्रशासनको बेवास्ताका कारण यस्ता गैरकानुनी क्रियाकलापले प्रसय पाएको छ। प्रतिबन्धित पटकाजन्य पदार्थ खुलेआम पड्काइरहँदा बांके प्रहरीले कसैलाई कारवाही गरेको छैन।

विगतका वर्षहरुमा भारी मात्रामा पटाकाजन्य बस्तु बरामद गरेपनि यो वर्ष खासै प्रहरीले नियन्त्रण लिएको छैन।  सिमा सुरक्षा र अवैध ओसारपसार नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले भने अवैध पटाकाजन्य नियन्त्रणमा लिई डिस्पोज समेत गरेको बताए।  ठूला ठूला आवाजमा पटका विस्फोट हुदा समेत प्रशासन मौन रहेको स्थानीयहरुको भनाई छ। अरुलाई असर गर्ने, कान नै जाने गरी पटाका जथाभावी रुपमा पडकाउदा बृद्ध र बालबालिकामा धेरै असर गर्ने गर्छ।

पटाका जलाउँदा आखा कानमा प्रत्यक्ष असर गर्ने  भएपनि सावधानी नअपनाइ पटाका सँग खेल्दा निस्किने आवाज र धुवाँले दीर्घकालीन असर समेत गर्न सक्छ। रमाइलोका लागि ठूलो रकम खर्चेर पटका पड्काउँदा आगलागी तथा अंगभंग समेत हुनसक्ने भएकाले प्रशासनले यसको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउँदै आएको छ।

Nabintech