८ मंसिर २०८१, शनिबार
नेपालगञ्जमा आगलागि, एक जनाको मृत्यु

बारुदको गन्ध छैन, सिलिण्डर पड्केको हो भने पनि छतमा वा त्यसको अवषेश फेला परेको छैन । अनुसंन्धान कै क्रममा छौ’– प्रहरी स्रोतले भन्यो


  • टाइम्स संवाददाता

  • १३ कार्तिक २०७९, आईतवार १०:०७

 नेपालगञ्ज : नेपालगञ्जमा आइतबार बिहान चुराको गोदाममा आगलागि भएको छ । सो आगलागिका कारण एक जनाको मृत्यु हुनुको साथै एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँके प्रहरीका अनुसार आइतबार बिहान करिव ५ः४०को समयमा नेपालगञ्ज–५ रामनगरमा रमेशकुमार नागको घरमा मो आरिफ अन्सारीले भाडामा लिएको सो चुराको गोदाममा एक्कासी आगलागी भएको थियो । सो घटनामा परेर घाइते भएका अन्सरीको भेरी अस्पतालमा उपचार भई रहेको र उनी खतरा मुक्त रहेको जनाईएको छ ।

बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले सो घटनामा परेर अन्सारीकै साला पर्ने बर्दिया मधुवन नगरपालिका–८ बस्ने २३ वर्षिय समिर वलीको मृत्यु भएको जानकारी दिए । आगलागिको घटनामा परेर गम्भीर घाइते भएका वलीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो । मृतक वली शनिबार भेटघाटको क्रममा सो गोदाममा आएको बुझिएको छ ।

आगलागि भएको घरमा ठूलो विष्फोट समेत भएको छ । विष्फोटको कारण घरमा समेत क्षति भएको छ । भने के कारणले विष्फोट भयो भन्ने कारण समेत खुल्न सकेको छैन । बिहान ५ः४० मा लागेको आगो स्थानीय प्रहरी, सशस्त्र प्रहरी, नेपालगञ्ज उपमहानगरपालिकाको दुईवटा दमकल र स्थानीयको सहयोगले साढे ६ बजे पूर्णरुपले नियन्त्रणमा लिन सफल भएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन सकेको छैन ।

आगलागि र विष्फोटको कारण खोज्दै बाँके प्रहरी

प्रहरी स्रोतका अनुसार घटनास्थलमा विष्फोटको कारक भेटाउन सकेको छैन । ‘बारुदको गन्ध छैन, सिलिण्डर पड्केको हो भने पनि छतमा वा त्यसको अवषेश फेला परेको छैन । अनुसंन्धान कै क्रममा छौ’– प्रहरी स्रोतले भन्यो ।

आगलागि संगै भएको विष्फोटलाई आसन्न निर्वाचनलाई समेत जोडर विभिन्न शंका आशंका उठेका छन । प्रहरीले चुरामा लागेको आगोको धुवाँको कारण विष्फोट भएको आशंका गरेको छ ।

विष्फोटको कारण टोल नै थर्किएको टोलबासीको भनाई छ । विष्फोटले घरको पर्खाल पुरै भत्किएको छ भने, भर्याङ्ग, समेत चर्किएर क्षति भएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले घटनाको शुष्म अनुसंन्धान सुरु गरेको बताए । अनुसंन्धान पछि कारण खुल्ने उनको भनाई छ ।

Nabintech