८ आश्विन २०८१, मंगलवार
नरैनापुर गाउँपालिका संबृद्ध गाउपालिका यादवको एउटा सुनौलो सपना : ढकाल

बर्षामा सुख्खा हुदा बालि लगाउन कठिन हुने परिस्थितीलाई निराकार गर्दै बालि भित्र्याउने बेला बाढिले मच्चाउने बितण्डा रोक्नु हाम्रो पहिलो दायित्व


  • टाइम्स संवाददाता

  • १३ कार्तिक २०७९, आईतवार १९:०६

बाँके, नरैनापुर:  बाँके क्षेत्र न १ का प्रतिनिधि सभा उम्मेदवार सुर्य ढकालले नरैनापुरलाई फुसका घररहित र सिंचाईयुक्त उर्बर भुमि निर्माणका लागि संबृद्ध नरैनापुर बनाउने स्वर्गीय नेता दिनेशचन्द्र यादवको सपना आफुले साकार गर्न कटिबद्ध भएको बताएका छन । स्वर्गीय नेता दिनेशचन्द्र यादवको समाधि स्थल पुगेका ढकालले यादवलाई शब्द श्रद्धा ब्यक्त गर्दै नरैनापुर गाउँपालिका संबृद्ध गाउपालिका यादवको एउटा सुनौलो सपना भएकाले उक्त सपना तुहिन नदिई नरैनापुरका जनताको सेवामा हरदम तल्लिन हुने प्रतिबद्धता ब्यक्त गरे ।

पछिल्लो समय निर्वाचन केन्द्रित अभियानमा बाँके क्षेत्र न १ का उम्मेदवार घरदैलो ब्यापक गरिरहेका बेला ढकाल भने पूर्व राज्यमन्त्री नेकपा एमालेका स्वर्गीय नेता दिनेशचन्द्र यादवको समाधि स्थल पुगेर उन्को सपना साकार पार्ने प्रण गर्दै नरैनापुरलाई औधोगिक ग्रामको रुपमा विकास गरि एक घर एक रोजगार सृजनामा टेवा पुग्ने गरि कार्य गर्ने बताए ।

ढकालले स्वर्गीय नेता यादवले लोकतन्त्र र समग्र बाँकेको विकास र पार्टीको नीति प्रति एक बफादार सिफाईको रुपमा उहाँको समाधि स्थलमा उहाँलाई स्मरण गर्न र आशिर्वाद लिन पुगेको बताएका छन। स्थानीय नरैनापुर गाउँपालिका नागरिकहरुलाई फुसको छाना मुक्त घर निमार्ण गर्न आफ्नो पार्टी र आफु प्रतिवद्ध रहेको बताउदै ढकालले स्थानीयहरुसँग भावि योजना समृद्ध नरैनापुर गाउँपालिका निमार्णमा भूमिका निर्वाह गर्नका लागि सुर्य चिन्हमा मतदान गर्न अपिल समेत गरेका छन।

बर्षामा सुख्खा हुदा बालि लगाउन कठिन हुने परिस्थितीलाई निराकार गर्दै बालि भित्र्याउने बेला बाढिले मच्चाउने बितण्डा रोक्नु हाम्रो पहिलो दायित्व रहेको भन्दै ढकालले राप्ति किनारमा बांध र तटबन्ध तथा सो माथि करिडोर बनाई गाउ देखि गाउ र गाउदेखि शहर जोडदै उत्पादित बस्तु खपत सप्लाई गरि नरैनापुरलाई आर्थिक चलखेलको ग्रामको रुपमा बिकसित गराउदै लैजाने आफनो सपना रहेको भन्दै नरैनापुर बैजापुर अघैया कोहलपुरलाई ग्राणिण सडकले जोडने समेत बताए ।

Nabintech