कोहलपुर : बाँकेको कोहलपुरमा वैकल्पिक जीविकोपार्जनसँग सम्बन्धित परियोजनाको वर्तमान अवस्था विश्लेषण तथा समीक्षा कार्यशाला गोष्ठी सम्पन्न भएको छ। वातावरण तथा ग्रामीण विकास केन्द्र इन्रुडेक बाँकेको आयोजना र जेड एसएल नेपाल Darwin Initiative को सहकार्यमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे छलफल गर्ने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको हो। कार्यशाला गोष्ठीमा परियोजना अन्तर्गत सञ्चालन गरिएका जीविकोपार्जन समुहका आर्थिक गतिविधि, स्थानीय समुदायको जीविकोपार्जनमा परेको प्रभाव तथा परियोजनाको प्रभावकारिताबारे समीक्षा गरिएको थियो।

वैकल्पिक जीविकोपार्जनका अवसर विस्तार गर्दै स्थानीय समुदायको आर्थिक अवस्था सुधार गर्न यो परियोजना सफल भएको जेडएसएल नेपालका प्रदिप सेढाइले बताउनु भएको थियो ।
कार्यक्रममा बाँके राष्ट्रिय निकुन्जक मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितीका अध्यक्ष गेहेन्द्र कुमार खड्काले जेडएस एल नेपालले बिउ पुजीको लागी प्रदान गरेको घुम्ती कोष समुहले आयआर्जनको लागी गरिरहेका कार्यक्रमले मानव वन्यजन्तु वीचको द्धन्द्ध न्युनिकरणमा समेत ठुलो योग्दान दिएका बताउनु भएको थियो ।
कोहलपुर , राप्ती सोनारी र बैजनाथ गाउपलिका गरि बिधिवतख रुपमा रहेका ११ वटा समुहमा ४८४ सदस्यहरु आबद्ध रहेका छन भने यी समुहबाट ३६६ सदस्यहरुले क्रृण लिएका छन ।
८० लाख रुपैया घुम्ती कोषको रुपमा रहेको छ भने एक करोड ३३ लाख ६१ ह्जार ७ सय ५० रुपैया कर्जा लगानी भएको छ ।
परियोजना कार्यान्वयनका क्रममा देखिएका समस्या, सिकाइ तथा उपलब्धिलाई विश्लेषण गर्दै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा जनप्रतिनीधीहरुले प्रतिबद्धता जनाएका थिए ।वैकल्पिक जीविकोपार्जनका कार्यक्रमले स्थानीय समुदायको आयआर्जनका अवसर विस्तार गर्नुका साथै प्राकृतिक स्रोतसाधनमाथिको निर्भरता न्यूनीकरण र संरक्षणमुखी गतिविधिलाई प्रोत्साहन गर्न सहयोग पु¥याउन सफल भएको इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायले बताउनु भएको थियो ।


समीक्षा गोष्ठीले परियोजनाको वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै आगामी कार्ययोजना निर्माण तथा कार्यान्वयनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बिश्वास लिएको छ । कोहलपुर मध्यवर्ती उपभोग्ता समुहका अध्यक्ष ओम प्रकार वलीले संबिधानमा उल्लेख भएपनि मध्यवर्ती क्षेत्र भित्रका जनताको बैकल्पिक आयआर्जनका कार्यक्रम , संरक्षण सचेतना स्थानीय पालिका ले वडाका नागरिकहरुलाई आयआर्जन र पर्यटनमुखी कायृमा बिभेद गर्दै आएको बताउनु भएको थियो ।
कार्यक्रममा कोहलपुर नगरपािलका ,राप्ती सोनारी गाउपालिका र बैजनाथ गाउपालिकाका जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो भने मध्यवर्ती क्षेत्र उपभोग्ता समितीका अध्यक्ष र समुहका अध्यक्ष , सचिब र कोषाध्यक्ष को सहभागीता रहेको थियो । कार्यक्रममा बाँके राष्ट्रिय निकुन्जका उत्तमकुमार चौधरी , कुल नारायण चौधरीको सहभागीता रहेको थियो ।


















