८ आश्विन २०८१, मंगलवार
कोहलपुरलाई शैक्षिक हबको रुपमा विकास गरिने

  • टाइम्स संवाददाता

  • २० कार्तिक २०७९, आईतवार १९:४१

नेपालगञ्ज : बाँकेको कोहलपुरमा दुई दिने सामुदायिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकको संयुक्त बैठक एवं क्षमता विकास सम्बन्धी तालिम आइतवार समापन भएको छ ।

कोहलपुर नगरपालिकामा शैक्षिक क्षेत्र सुधारको प्रयासका लागि तालिम आयोजना गरिएको छ । यसका लागि नगरपालिकाले विभिन्न प्रयास थालनी गरेको छ । कोहलपुरलाई शैक्षिक हवका रुपमा विकास गर्ने योजना सहित नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिइरहेको जनाएको छ ।

नगर प्रमुख पुर्णप्रसाद आचार्यले शैक्षिक क्षेत्र सुधारका लागि धेरैै प्रयास भइरहेको बताए । कोहलपुरको सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नरम र गरम दुवै उपाय अवलम्वन गरिने उनले बताए । तालिमको शिक्षाविज्ञ जितबहादुर शाहले सहजिकरण गरेका थिए ।

Nabintech