१२ बैशाख २०८१, बुधबार
किसान, मजदुर र श्रमजिवि बर्गको हित र उत्थानका निम्ति आफनो रचनात्मक भुमिका रहने: ढकाल

एक घर एक रोजगार आफनो मुल एजेण्डा रहदै आएको र यसलाई आफुले अभियानका रुपमा लैजाने


  • टाइम्स संवाददाता

  • २१ कार्तिक २०७९, सोमबार १८:३७

बांके, कोहलपुर: नेकपा एमालेका केन्द्रिय सदस्य तथा बांके जिल्ला क्षेत्र नं. १ का लागि प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले किसान, मजदुर र श्रमजिवि बर्गको हित र उत्थानका निम्ति आफनो रचनात्मक भुमिका रहने बताएका छन । श्रमिक बर्गका पक्षमा आफुले निरन्तर खबरदारी र वकालत गर्दै निरन्तर कलम चलाएको भन्दै ढकालले मजदुर बर्गको न्युनतम ज्याला बृद्धिमा समेत आफुले सदन र सडकबाट आवाज उठाउदै कानुनमा लिपिबद्ध गर्ने बताएका छन ।

नेकपा एमाले घरदैलो अभियान अन्र्तगत उद्योग देखि उद्यमी संग हातमा हात यसपाली मजदुर पनि सामेल हुनेछन सुर्यका साथ भन्ने नारा बोकि बांके क्षेत्र नं. १ मा रहेका उद्योग र उद्यमीहरुसंगको भेटघाट कार्यक्रममा ढकालले यस्तो कुरा बताएका हुन । एक घर एक रोजगार आफनो मुल एजेण्डा रहदै आएको र यसलाई आफुले अभियानका रुपमा लैजाने भन्दै ढकालले कार्यान्वयनका लागि गाउदेखि शहर सम्म औधोगिक ग्राम र औधोगिक शहरको रुपमा बांके क्षेत्र नं. १ लाई बिकसित गर्नका निम्ति निति निर्माणको तह सदै क्रियाशिल रहने बताए । आफनो सन्ततीका लागि कस्तो नेता रोज्ने भन्ने अभिभारा आम मतदाताको भएको भन्दै ढकालले अबसर पाउदा समेत काम गर्न नसक्नेलाई हैन अबसरको सहि सदुपयोग दिनेलाई मतदान गर्न आब्हान गरे ।

जनताको आवाज बोकि आफु सिहदरवार छिर्न कस्सिएको मतदान एक मनदान समेत भएकाले जनतालाई आफुले निराश पार्ने कुनै काम कारबाहि नगर्ने समेत नेता ढकालले मजदुरमाझ प्रतिबद्धता ब्यक्त गरे ।

Nabintech