८ आश्विन २०८१, मंगलवार
मुक्त कमैयाको साथ दुर्गालाई

शोसक, सामन्तिहरु भेष बदलेर गाउघरमा भोटको मात्र राजनिति गरेको प्रति आफनो तिब्र आक्रोश


  • टाइम्स संवाददाता

  • २२ कार्तिक २०७९, मंगलवार १६:४६

बांके, कोहलपुर: नेकपा एमाले लुम्बिनी प्रदेश उपसचिव तथा बांके क्षेत्र नं. १ ख का प्रदेश सभा पदका उम्मेदवार दुर्गा प्रसाद चौधरीलाई मुक्त कमैयाहरुले साथ सर्मथन गर्ने जनाएका छन । शशत्र शंर्घषबाट खारिएर आएका थारुले आफनो हक अधिकार, विकास निर्माण र गास बास कपासका निम्ति शंघर्स गर्न सक्ने भन्दै कोहलपुर क्षेत्रका मुक्त कैयाहरुले यस्तो बताएका हुन । कोहलपुर नगरपालिकाका बिभिन्न वडामा चुनावि प्रचार प्रसारका क्रममा जनताको कामलाई सधै शिरोपर गर्ने ज्यान जाने तर बचन नजाने भन्दै आफनो प्रतिबद्धता ब्यक्त गरेपछि मुक्त कमैयाहरु हौसिएका छन ।

कोहलपुर नगरपालिका वडा नं. ५ कि बिमला चौधरीले यस अघि राज्यको कुनै न कुनै क्षेत्रमा अबसर पाई बिबादित ब्यक्तिलाई आफुले मत दिन नसक्ने भन्दै आफनो साथ दुर्गालाई नै भएको बताइन । उन्ले थारु समुदायको मुद्धामा उहा सक्षम तरीकाले आवाज बुलन्द गर्न सक्ने एक योद्धा हो भन्दै राज्यले उपेक्षा गरेका जात बर्ग र लिंगको रक्षाका निम्ति पनि दुर्गाले नै जित्नुपर्ने बताईन । शोसक, सामन्तिहरु भेष बदलेर गाउघरमा भोटको मात्र राजनिति गरेको प्रति आफनो तिब्र आक्रोश पोख्दै चौधरीले यसपालि काम गर्न सक्नेलाई मात्र मतदान गर्ने बताइन ।
चुनावि अभियानमा नेकपा एमाले क्षेत्र नं. १ का प्रचार प्रसार कमिटिका संयोजक बलराम भट्टराई, नतृ माया गौतम बिद्यार्थी नेताहरु सुर्य रोकाय,सुमन घिमिरे, बिकल भट्टराई लगाएतको उपस्थितीसहितको घरदैलो सम्पन्न भएको नेकपा एमाले प्रचार प्रसार कमिटी कोहलपुरले जनाएको छ ।

 

Nabintech