२४ बैशाख २०८१, सोमबार
किसानका लागि नेपालमै मलखाद्य फ्याक्ट्री : डा.धवल

  • टाइम्स संवाददाता

  • २२ कार्तिक २०७९, मंगलवार १७:२२

नेपालगन्ज:  बाँके क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार डा. धवल सम्शेर राणाले किसानका लागि नेपालमै मलखाद्यको फ्याक्ट्री बनाउने मुख्य एजेण्डा अघि सार्नुभएको छ । कृषि प्रधान देश भनिएको नेपालमा किसान एक मुठी मलखाद्यको लागि भारतमै निर्भर रहने भएकोले प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार डा. धवलले किसानका लागि नेपालमै मलखाद्यको फ्याक्ट्री बनाउने मुख्य एजेण्डा अघि सार्नुभएको हो । उहाँ भन्नुहुन्छ “ एउटा फ्याक्टी« म पनि खोल्छु । तर कुखुराको दाना , बाख्राको दानाको हाईन म किसानलाइ राहत दिने मलखाद्यको फ्याक्ट्री खोल्छु । किसानले भारतबाट खाद्य लाउनुभएन भने पुरै खेत बाझो हुन्छ । यदि भारतबाट मलखाद्य ल्यायो भन्ने सरकारले किसानलाई तस्कर बनाइदिन्छ । मलखाद्य समयमा उपलब्ध नहुदा किसानको खेतको अवस्था कस्तो हुन्छ मैले महसुस गरेको छु । म पनि किसानको छोरो हु मैले किसानको समस्यालाई नजिकैबाट नियालेको छु । ”

उहाँले जनताले परिक्षण गरेर दुई दुई पटक नगरपालिकाका प्रमुख बनाएर परिक्षण गरिसकेको व्यक्ति भएको बताउनुभयो । जनताले परिक्षण गरेको हुनाले मेरो पहिलो प्रतिवद्धता नेपालमै मलखाद्यको फ्याक्ट्री बनाउने योजना रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो “ सुन्छु मलखाद्यको फ्याक्ट्री खोल्न धेरै पैसा लाग्छ रे । एउटा मलखाद्यको फ्याक्ट्री जति पैसा लागेपनि अरु बिकासलाई एक बर्ष पछि धकलेर भएपनि नेपालमै मलखाद्यको फ्याक्ट्री बनाउने मेरो ध्यय रहेको छ । म सदर बसेको दिन बाटै यस कार्य सुरु गर्नेछु । नेपालगमै मलखाद्यको फ्याक्ट्री भयो भने ८० प्रतिशत नेपाली किसानहरु मलखाद्यको समस्याबाट मुक्त हुनेछन् ।” उहाँले चुनाबी अभियानका लागि जनताको घरदैलोमा पुग्दा आफ्नो क्षेत्रमा पर्ने नेपालगन्जका जनता र डुडुवाका जनताहरु एकदमै सकरात्मक भएको बताउनुभयो । आफुले गरेका पुराना काम र पुराना व्यवहारहरु जनताले मुल्याङ्कन गरि सकेकोले केही प्रतिद्धन्दी उम्मेद्वारहरुबाट आफुलाई फरक नपर्ने डा. धवलले बताउनुभयो ।

स्थानीय जनता सचेत र चनाखो भइसकेकोले यो निर्वाचनमा जातिय बलमा र पैसाको खोला बगाएर चुनाब जितिन्छ भन्ने भ्रममा नपर्न सुझाब दिनुभयो ।मैले बिगतमा जनताको हकहितका लागि गरेको काम र इमान्दारितानै मेरो जित्ने आधार हो उहाँले भन्नुभयो । सबै नेता भ्रष्टचारी हुदैनन् भन्ने साबित गर्न र जनताको हितमा मैले १० बर्ष देखी तलब भत्ता समर्पित गरे । तेसैले पनि क्षेत्र नं २ का जनताले मेरो मुल्याङ्कन गरेर मंसिर ४ गतेको निर्वाचनमा जिताउनुहुन्छ म बिश्वस्त छु । ” बाँकेलाई ५ बर्षभित्र समृद्ध क्षेत्र बनाउनु मेरो सपना मात्र होइन उद्देश्य रहेको छ जसमा दिल्ली र नेपालगन्जलाइ क्षेत्रलाइ जोड्ने, डुडुवाको बिद्यालय, स्वास्थ्य, सडक, छात्रा कलेज कृषि, क्षेत्रमा आमुल परिवर्तन बनाउने मेरो योजना रहेको प्रतिनिधी सभाका उम्मेद्वार डा. धवलले गराउनुभयो ।

स्वास्थ्य क्षेत्रमा हरेक जनताको पहुँच, कृषिमा आधुनिकीकरण गरेर युवालाई स्वरोजगार बनाउने र खाडी मुलुक जाने प्रक्रियालाई न्युनिकरणका योजना ल्याउने मेरो दायित्व भित्र रहेको उहाँले बताउनुभयो ।मैले जहाँ जहाँ जिम्मेवारी पाएको छु त्यहाँ त्यहाँ इमान्दारिताका तथा कार्यकुशलताका साथ जिम्मेवारी बहन गरेको छु उहाँले भन्नुभयो । मैले मेरो कार्यकालभरी सरकारी दस्तुर बाहेक १ रुपैया पनि जनताको पैसा लिएको छैन यहि कुराले मलाई सन्तुष्ट दिन्छ उहाँले भन्नुभयो । अख्तियारले एक ठाँउमा पनि भन्न सकेन कि तपाइले अनियमित काम गर्नुभयो मैले भ्रष्टचार पनि गरेन गर्न पनि दिएन उहाँले भन्नुभयो । त्यसैले अरु उम्मेद्वारहरु र आफु बिचमा मुल्याङ्कन गरेर मात्र आफ्नो अमुल्य मतदान गर्न सुझाब दिनुभयो ।

Nabintech