५ जेष्ठ २०८१, शनिबार
सुदूरपश्चिमको प्रसिद्ध ‘देहिजाँत’‚ तस्वीरमा

  • टाइम्स संवाददाता

  • २४ कार्तिक २०७९, बिहीबार ०७:२५

डडेल्धुरा : स्थानीय भाषामा ‘देहिजाँत’ नामले परिचित सुदूरपश्चिमको उग्रतारा मेला सम्पन्न भएको छ। ​मंगलबार साँझ सुरु भएको मेला बुधबार बेलुकी सम्पन्न भएको हो।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। ‘खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आइ दिउसेडी मेला सुरु भएको थियो।

दिउँसोको समयमा मन्दिरबाट गाँज निकाली बिसाल फाँटमा नचाई चार ठाउँमा यहाँका देवतालाई ढोग्ने प्रचलन छ। बेलुकीको पूजापछि चार वटै गाउँबाट ल्याइएको डोलीसहितका देउरा गाउँमै लगेर देउघरमा राखिएपछि जाँत सम्पन्न हुन्छ। वर्षमा एक पटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुखप्राप्ति, मनोकांक्षा पूरा हुने जनविश्वास छ।

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेशका साथै छिमेकी देश भारतबाट समेत श्रद्धालु आएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

तस्विरमा हेर्नुहोस्, उग्रतारा मेला–

 

Nabintech