१४ बैशाख २०८१, शुक्रबार
गठबन्धन देशकै अभिसाफ हो : केपी ओली

प्रत्यक्ष र समानुपातिक गरेर एमालेले १ सय ५० सिट जित्ने दावी


  • टाइम्स संवाददाता

  • २८ कार्तिक २०७९, सोमबार १८:५५

भरतपुर: पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन देशकै अभिसाफ भएको बताउनुभएको छ । एमाले चितवनले गेष्ट हाउस चौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनले जितेमा ६ महिना सरकार बनाउनै नसक्ने जीकिर गर्नुभयो।

‘घोषणापत्र अलग अलग छन्, अनेक दिशातिर मुख फर्काएका छन् ‘, उहाँले भन्नुभयो, ‘नक्कली औषधि जस्तो छ, एक्सपायर भैसकेको छ, अस्थिरताको खेती हुन दिनुहुदैन । ’ उहाँले सुदृढ राष्ट्रिय शक्तिको नेतृत्व एमालेले गर्ने बताउनुभयो । गठबन्धनले जितेमा देश वर्वाद हुने टिप्पणी गर्नुभयो ।

स्वार्थीहरुको झुण्डको झगडालु सरकार छू, पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, मंसिर ४ पछि गठबन्धन धरमराउने वाला छ । एमालेको चुनावी घोषणापत्र देश निर्माणको मार्गचित्र भएको बताउनुभयो । स्वतन्त्र पार्टीलाई इङगित गर्दै उहाँले युवाहरु चुनावमा उम्मेदवार बन्दैमा तर्सिएर गाडी तोडफोडमा गठबन्धन लागेको आरोप लगाउनुभयो ।

‘एउटा घण्टी बजाउदैमा ढुंगाले हान्नुपर्थ्यो ’, उहाँले भन्नुभयो, ‘मञ्च तल केटाकेटी नाच्दैमा डान्सरहरु डराउनुपर्ने कुनै कारण छैन । ’ उहाँले स्वतन्त्र पार्टीका उम्मेदवारले जनताको घरदैलोमा जादा बाटो समेत नचिनेर अल्मलिरहेको व्यङ्ग्य गर्नुभयो । प्रत्यक्ष र समानुपातिक गरेर एमालेले १ सय ५० सिट जित्ने दावी गर्नुभयो ।

Nabintech