१४ बैशाख २०८१, शुक्रबार
गठबन्धन!

  • गिरी प्रसाद भट्टराई

  • ३ मंसिर २०७९, शनिबार ०८:२४

दलाली ,भ्रष्ट ,गुन्डा र विचौलिया वरिपरि
पार्टी चलिराछ, सोझा लखेटिन्छन् कठैवरि!
ढाट्न जान्ने फोड्नजान्ने,बोलि फेरिन्छ दिन्दिन
नीति तोड्न सिपालुको झुन्ड हो “गठबंधन “
निष्ठा आदर्श प्रसंग चल्दैन पार्टीमा अव
फोस्रो आश्वासन भित्र फस्दैछन् जनता सब ।
काले काले मिली भाले खानैकालागि तन्मन
चोचोमोचो मिलाएर बनेको “गठबन्धन “
चुनावसम्म सत्ताको आशाले जुट्न सक्दछ
भागबन्डा नपाएर पछाडि फुट्नसक्दछ ।
उत्तरीदक्षिणीध्रुव जोडिन्छ कहिले भन ।
माओंग्रेस मिलाएको कठै ! यो “गठबंधन “
राज्यप्रशासन हाम्रै जितिन्छ एकछत्र नै
झाप्पै बत्ती निभाइन्छ,च्यातिन्छ मतपत्र नै ।
न्यायनिर्वाचन हाम्रै पक्षमा गर्छ मन्थन
“साम दाम दन्डभेदनीति”यो गठबंधन “
राजतन्त्र गयो भन्छन्,कहाँ छ लोकतंत्र खै?
कुहिरोमा कगजस्तै मतदाता बने कठै!
चाहेको चिन्हमा भोट हाल्न पाइन्न रे झन
कस्तो आयो लोकतन्त्र!कस्तो यो “गठबंधन “!
यसैगरी तीसौंवर्ष जनतामाथि खेलियो
पैसावाला र आफन्त नाताले पार्टी जेलियो
घोषणापत्रमा मीठा राखिन्छन् कार्य योजना
हात्तीआयो हात्तीआयो फुस्सा हो “गठबंधन “
Nabintech