१२ बैशाख २०८१, बुधबार
तक्षशिला एकेडमीमा सप्ताह ब्यापि खेलकुद, पुरस्कार बितरण

  • पुष्पराज आचार्य

  • ६ मंसिर २०७९, मंगलवार १५:३१

बांके : बांकेको कोहलपुरमा रहेको तक्षशिला एकेडमीले बिद्यालयमा सप्ताह ब्यापि खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । कार्तिक २७ गतेदेखि शुरुवात गरेको बिभिन्न बिधाका खेलहरु मंशिर २ गते समापन भएका थिए । खेलकुदमा नर्सरी देखि कक्षा १० सम्मका बाल बालिकाहरुले सहभागिता रहेको बिद्यालयले जनाएको छ ।

मंगलबार आज आयोजित एक समारोहमा फिल्डका खेल लगाएत अन्य खेलमा सर्बोउत्कृष्ट हुने करीब ५ दर्जन बालबालिकालाई बिद्यालयका अध्यक्ष बिष्णु बेल्बासेले ट्रफि, मेडल तथा प्रमाणपत्र सहित पुरष्कृत गरेका छन ।

स्वास्थ्यका लागि खेलकुद तथा राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजित उक्त खेलकुद कार्यक्रमलाई पनि पढाई जत्तीकै महत्वपुर्ण पाटोको रुपमा लिएको बिद्यालयका कार्यबहाक प्रधानाध्यापक पुरुषोत्तम शर्माले कोहलपुर टाईम्सलाई बताए ।

 

Nabintech