१३ बैशाख २०८१, बिहीबार
सुर्यले मतान्तर बढाउदै, ४५९५ ले लिड

  • टाइम्स संवाददाता

  • ८ मंसिर २०७९, बिहीबार ०६:२८

बाके, अगैया: बांके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका लागि भएको चुनावी नतिजा अनुसार आज ८ गते बिहान ६ बजे सम्म बाम लोकतान्त्रिक गठबन्धनका महेश्वर गहतराज अथकभन्दा शुरुवातदेखि नै अग्रता कायम गरेका नेकपा एमालेका सुर्य प्रसाद ढकाल ४५९५  मतले लिड गरिरहेका छन । सुर्य प्रसाद ढकालले २२६६९  मत प्राप्त गरेका छन भने उन्का निकटतम प्रतिस्पर्धि महेश्वर गहतराज अथकले १८०७४ मत प्राप्त गरेका छन ।

यसैगरि ६२७४२ मत गणना भईसक्दा जनता समाजवादी पार्टिले २५६३, नेपाल मजदुर किसान पार्टिले १७४, लोकतान्त्रिक समाजवादी पार्टिले ३८१, माओबादी समाजबादीले ६९, नागरिक उन्मुक्तिले ९४९३, नेपालका लागि नेपालीले १२०, नेपाली कांग्रेस बिपिले ८८, राष्टिय स्वतन्त्रले ७४८५ र स्वतन्त्रले ७७८ मत प्राप्त गर्न सफल भएका छन ।

कोहलपुर वडा नं १२ को मत परिणमपछि निवार्चन कार्यालयले दिएको सुचना अनुसार ढकाल ३७६६ मतले अग्रस्थानमा देखिएको बताइएको छ । कोहलपुर नगरपालिका भित्रका वडाहरु गणना गर्ने कार्य जारी रहेको मतदानस्थलबाट अनेरास्ववियुका नेता माधव पौडेलले कोहलपुर टाईम्सलाई जानकारी दिएका छन । उन्का अनुसार अब कोहलपुर वडा ५,६,८,९ र १० गणना गर्न बाकी रहेको छ भने मत परीणाम आज साझ सम्म आईसक्ने गणना स्थलमा आकलन गर्न थालिएको छ । मतदान स्थलमा सुर्य ढकालको अग्रता बढदै गएपछि मतदाता, शुभचिन्तकहरु यतिबेला बांके राप्तिसोनारीको गणना स्थल अगैया जाने तयारी गरीरहेका छन ।

Nabintech