१४ बैशाख २०८१, शुक्रबार
उर्जा मन्त्रि भुसाललाई हराउदै तोसिमा बिजय

  • टाइम्स संवाददाता

  • ८ मंसिर २०७९, बिहीबार ०८:४९

ललितपुर: राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए ।

ऊर्जा मन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् । यसअघि २०७४ को निर्वाचनमा एमालेको साथमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।

Nabintech