१६ चैत्र २०८०, शुक्रबार
रवि लामिछाने चितवन-२ बाट भारी मतान्तरले विजयी

  • टाइम्स संवाददाता

  • ८ मंसिर २०७९, बिहीबार १२:२५

चितवन: चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत ल्याए ।  नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा विजय हासिल गरेको छ भने ३ स्थानमा अग्रता कायम राखेको छ ।
Nabintech