१४ बैशाख २०८१, शुक्रबार
१५ क्षेत्रको मतगणना जारी: कहाँ कसको अग्रता?

  • टाइम्स संवाददाता

  • १० मंसिर २०७९, शनिबार ११:४४

काठमाडौं: मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आइरहेको छ। हालसम्म १६५ क्षेत्रमध्ये १४७ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ।  बाँकी रहेका १८ क्षेत्रमध्ये ३ क्षेत्रको मतगणना अझै सुरू भएको छैन। बाँकी १५ क्षेत्रमा मुख्यत: नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी पार्टीले अग्रता लिएका छन्।

जसमा प्रदेश एकमा सबैभन्दा बढी ८ क्षेत्रको नतिजा आउन बाँकी रहँदा मधेश प्रदेशमा ६, बागमतीमा २, कर्णाली र लुम्बिनीमा १-१ क्षेत्रको अन्तिम नतिजा आउन बाँकी छ। अब नेकपा एमालेले ६, नेपाली कांग्रेस ६, नेकपा माओवादी केन्द्र २, राष्ट्रिय स्वतन्त्र पार्टी १, जसपा १ र राप्रपा १ स्थानमा अग्रता लिएका छन्।

हेर्नुहोस् कुन क्षेत्रमा कसको अग्रता
प्रदेश १ (८ क्षेत्र बाँकी)
इलाम १-

महेश बस्नेत (एमाले)-१७५०५
झलनाथ खनाल (एकीकृत समाजवादी)-१४८६४

Esewa
softwaricaइलाम-२

सुबास चन्द्र नेम्बाङ (एमाले)-२७८१८
डम्बर कुमार खड्का (कांग्रेस) -२७६८५

मोरङ १
घनश्याम खतिवडा (एमाले)-२२७९८
डिगबहादुर लिम्बू (कांग्रेस) -२२७४३

सुनसरी १
गोमा तामाङ (स्वतन्त्र)-१०१५६
अशोककुमार राई (जसपा)-८७०३
मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र)-७७१२

सुनसरी-२
भीम प्रसाद आचार्य (एमाले)- २६५३९
सीताराम महतो (कांग्रेस) २२५५५
लालबिक्रम थापा (स्वतन्त्र) -१७६५७

सुनसरी-३
भगवती चौधरी (एमाले)- १३६७८
विजयकुमार गच्छदार (कांग्रेस)- ११६९५
कमलबाबु मैनाली (राष्ट्रिय स्वतन्त्र पार्टी) ५२८६

सुनसरी-४
जगदिशप्रसाद कुसियैत (एमाले)-२१६०३
ज्ञानेन्द्र बहादुर कार्की (कांग्रेस) – २१६७८

उदयपुर १
नारायण खड्का (कांग्रेस)- २१८३३
मञ्जुकुमारी चौधरी (एमाले)- २०१२०

मधेश प्रदेश (५ क्षेत्रको बाँकी)
धनुषा- १ 

दीपक कार्की (जसपा)- १६८२८
मात्रिका प्रसाद यादव (माओवादी केन्द्र)- १३७५१
किशोरी साह (जनमत)- ९६७५

धनुषा ४
महेन्द्र यादव (कांग्रेस)-१८०६८
रघुबीर महासेठ (एमाले)- १६१८६

महोत्तरी- १
गिरीराज मणि पोखरेल (माओवादी केन्द्र)- १८४३४
लक्ष्मी महतो कोइरी (एमाले)-१६५५३

महोत्तरी- ४
महेन्द्र कुमार राय (कांग्रेस) – २५४२०
सुरेन्द्र कुमार यादव (जसपा) – २१२९६
मनोजकुमार साह (जनमत) – १००३९

सर्लाही- २
महिन्द्र राय यादव (माओवादी केन्द्र) – २०७३८
राजेन्द्र महतो (लोसपा) -१८७९३
राजनारायण साह (एमाले) – १३६४३

बागमती प्रदेश (१ क्षेत्रको आउन बाँकी)

रामेछाप
पूर्ण तामाङ (कांग्रेस)- ३१३५५
कैलाश ढुंगेल (एमाले) – २३२१५

लुम्बिनी प्रदेश (१ क्षेत्रको आउन बाँकी)

रूपन्देही ३
दीपक बोहोरा (राप्रपा) – ३२४४८
बालकृष्ण खाँड (नेपाली कांग्रेस)- ३१००६

गणना हुन बाँकी

१. दोलखा
२. स्याङ्जा २
३. बाजुरा

Nabintech