१६ चैत्र २०८०, शुक्रबार
निर्वाचन जिते लगत्तै राप्तिसोनारी हुदै नरैनापुर सुइया बगौडासम्म पुगे ढकाल

  • टाइम्स संवाददाता

  • १० मंसिर २०७९, शनिबार १४:०४

 बाँके: प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भैइसकेपछि नेकपा एमाले बाट निर्वाचित भएका सुर्य ढकाल स्थानिय मतदातालाई धन्यवाद ज्ञापन गर्न राप्तिसोनारी हुँदै नरैनापुर सुईया बगौडा सम्म पुगेका छन् । ढकाल नरैनापुर पुगेपछी स्थानिय युवा जनता र मतदाता निकै उत्साहित हुँदै पालिकाका छ वटै वडाक फुलमाला अबिर लगाई स्वागत गरेर बिजय जुलुस निकालेका थिए।

हाम्रो समस्या बुझ्ने नेता पाएको मा हामी निकै खुसी छौ भन्दै ढकाललाई नरैनापुरका मतदाताले समग्र बिकासमा आफ्नो तनमन लगाउन आग्रह समेत गरेका छन् । निर्वाचन जितेर पहिलो पटक नरैनापुर पुगेका ढकालले आफ्नो कार्यकाल भित्र आफुले गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

Nabintech