१२ बैशाख २०८१, बुधबार
महोत्तरी १ मा गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो निर्वाचित

  • टाइम्स संवाददाता

  • ११ मंसिर २०७९, आईतवार ०७:३९

काठमाडौं: महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् । महतोले नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

महतोले १२ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत पाए । यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले ७ हजार ८१२,  जनमत पार्टीका राजकिशोर साहले तीन हजार ५९८,  राष्ट्रिय स्वतन्त्र पार्टीकी खेमकुमारी भुर्तेलले दुई हजार ६४ मत पाइन् ।
Nabintech