१५ बैशाख २०८१, शनिबार
गौहत्यारालाई कारबाहिको माग गर्दै कोहलपुरमा प्रर्दशन

शुक्रबारमात्र स्थानिय प्रशासनले ५ कुन्टल गाईको मासु बरामद गरेको थियो


  • टाइम्स संवाददाता

  • ११ मंसिर २०७९, आईतवार १४:४६

 बांके,कोहलपुर : बांकेको खजुरा गाउपालिक स्थित रणियापुरबाट पटक पटक गाईको मासु बरामद गरेपनि दोषिलाई कारबाहि नगरेको भन्दै कोहलपुरमा रहेको रामजानकी गौशालाले कोहलपुरका बिभिन्न भागमा रयालीको आयोजना गरि बिरोध प्रर्दशन गरेको छ । कोहलपुर चौराहाबाट शुरु भएको रयालि नगरका बिभिन्न भाग परिक्रमा गरि पुन गौशाला स्थल कोहलपुर चौराहा पुगेको थियो ।

गौ हत्यारालाई कडा भन्दा कडा कारबाहि होस, गौमातालाई गौचरणको ब्यबस्था होस भन्ने मुख्य ब्यानर सहित आयोजना गरिएको रयालिमा कोहलपुर क्षेत्रका धार्मिक ब्यक्तित्व, बुद्धिजिबि तथा बयोबृद्धहरुको समेत सहभागिता रहेको थियो ।

शुक्रबार मात्र ५ कुन्टल गाईको मासु बरामद भएपछि हिन्दुबादि संघ संस्थाले गौहत्याराका दोषिलाई न्यायको कठघरामा ल्याउन बिभिन्न दवाफमुलक कार्यक्रम आयोजना गरिने रयालिका सहभागिहरुले बताएका छन । हामीले जस्लाई माता मान्दै आएका छौ, जो आफैमा ”राष्ट्रिय जनावर पनि हो” यस्को संरक्षण राज्यले गर्नुपर्ने भन्दै सहभागि गोबिन्द शरण महाराजले गौ हत्याका दोषि अबपनि उम्किए भने यस्ता घटना दोहरीनेमा शंका रहेको बताए । दोषि जो होस कडा कारबाहि हुनुपर्छ संरक्षणप्रति राज्य उदाशिण भएको भन्दै गोबिन्द शरण महाराजले गौचरणको ब्यबस्था गरि गौसंरक्षणमा सरोकारवाला सबैको ध्यान जान जरुर रहेको बताए ।

यस्तै ज्ञानज्योती माबि चप्परगौरीका पुर्ब प्रअ गोबिन्द ढकालले गौसंरक्षणलाई अभियानको रुपमा लैजानुपर्ने बताएका छन । कोहलपुर टाईम्सलाई आफनो प्रतिक्रिया दिंदै ढकालले गाईको मासु बरामद हुने तर दोषिलाई कारबाहि भएको कहिल्यै नसुनिएको भन्दै आश्चर्य ब्यक्त गरे ।

Nabintech