१२ बैशाख २०८१, बुधबार
म सदन तताउछु तपाईहरु सडक तताउनुहोस : ढकाल

कोहलपुर घुइयाबारी सडक, बन्दा तटबन्द एबं करीडोर, सुबिधा सम्पन्न खेल मैदान, शिक्षाका लागि हबको रुपमा कोहलपुरलाई चिनाउने


  • प्रमोद रिजाल

  • १२ मंसिर २०७९, सोमबार १७:४७

बाँके, कोहलपुर :  नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका सुर्य ढकाल र प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरी आफ्ना मतदातालाई धन्यवाद आभार भन्दै यतिबेला कोहलपुरका बिभिन्न टोलमा पुग्ने आफनो अभियानलाई जारी राखेका छन । मोटरसाइकल मै हिडिरहेका निर्वाचित ढकाल र चौधरीले भोट माग्न जसरी गएको हो त्यसरीनै धन्यबाद दिन आफुहरु मोटरसाइकल मै सम्पुर्ण जनताको घर आगन र टोल टोलमा गएर मतदातालाई धन्यवाद ज्ञापन गरिरहेको बताए ।

आइतबार कोहलपुर नगरपालिकाको वडा नम्बर १३,१,२,३,४,५,६,७, र ८ मा गरिएको घरदैलो तथा भेटघाट कार्यक्रममा ढकाल र चौधरीले धन्यवाद ज्ञापन गर्दै आफुले प्रचारका बेला गरेका बाचाहरु पुरा गर्ने र घोषणा पत्रमा उल्लेखित प्रतिबद्धताहरुलाई अनुसरण गरि सुखि नेपाली संमृद्ध नेपालको महान यात्रामा थप कदम चाल्न अथक प्रयास गर्ने बताए ।

विजयी नेताद्धयले कोहलपुरमा आफुले सारेका एजेण्डाहरु कोहलपुर घुइयाबारी सडक, बन्दा तटबन्द एबं करीडोर, सुबिधा सम्पन्न खेल मैदान, शिक्षाका लागि हबको रुपमा कोहलपुरलाई चिनाउने देखि लिएर जनसर्बसाधारणको दैनिक जनजिबिकाका सवालहरुमा आफुहरु गम्भिर रहेको बताए ।

हामीले भुल्न सक्छौ तपाईहरु घचघचाउन नभुल्नुहोला हामीलाई थप जिम्मेवारी थप्ने तपाईहरुको कांधमा छ भन्दै प्रतिनिधि सभा सदस्य पदका बिजयी उम्मेदवार सुर्य ढकालले म सदनमा आवाज बुलंन्द गर्छु तपाईहरु सडक तताउनुहोस । बिकास तथा अन्य अत्याबश्यक कुराहरु हामी मागेर हैन खोसेर लिने हो भन्दै कोहलपुर क्षेत्रमा भएको अब्यबस्थित बसोबासिहरुको समेत बेलैमा ब्यबस्थापन गर्न आफु पुन प्रतिबद्ध रहेको बताए ।

Nabintech