२५ कार्तिक २०८१, आईतवार
एमालेकी नेतृ भगवती चाैधरी र महासेठ विजयी

  • टाइम्स संवाददाता

  • १३ मंसिर २०७९, मंगलवार १४:५७

काठमाडाैँ : सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी नेतृ भगवती चाैधरी भारी मतान्तरमा विजयी भएकी छिन । १२ पटक मन्त्री र चार पटक उपप्रधानमन्त्री भएका नेपाली कांग्रेसका नेता विजय गच्छदारलाई पराजित गर्दै चाैधरी विजयी भएकी हुन ।

सुनसरी क्षेत्र नम्बर ३ को ४०११ मतगणना बाँकी छँदै एमाले नेतृ चाैधरीले ५३१९को अग्रता कायम गरेकी छिन । अब गन्न बाँकी सबै मत नेपाली कांग्रेसका विजय गच्छदारले पाए भने पनि अब उनको विजय सम्भव छैन । अहिलेसम्मको मतगणनामा एमाले नेतृ चाैधरीले ३७४२० मत प्राप्त गरेकी छिन भने कांग्रेस नेता गच्छदारले ३२१०१ मत प्राप्त गरेका छन ।

 धनुषा-४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी हुनुभएको छ । एमालेका महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पराजित गर्नुभएको हो ।

महासेठले ३२ हजार २३६ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको हो । १ सय २४ मतान्तरले महासेठ विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Nabintech