७ बैशाख २०८१, शुक्रबार
निति निर्माण तहमा हस्तक्षपकारी भुमिकामा उत्रनेछु : ढकाल

बिजयीद्धय आज मंगलबार कोहलपुरका १० देखि १५ वडाका बिभिन्न क्षेत्रमा पुगि बधाई तथा शुभकामना ग्रहण गरेका छन


  • टाइम्स संवाददाता

  • १३ मंसिर २०७९, मंगलवार १९:०८

बांके, कोहलपुर: नेकपा एमालेका केन्द्रिय सदस्य तथा बांके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदमा बिजयी उम्मेदवार सुर्य ढकालले राष्ट्रिय राजनीतिमा प्रभावकारी भुमिका खेल्दै निति निर्माण तहमा हस्तक्षपकारी भुमिकामा आफु उत्रने बताएका छन । मंशिर ४ को चुनाबमा खेलकुद मन्त्रि महेश्वर गहतराज ”अथक”लाई हराउदै बांके क्षेत्र नं. १ बाट बिजयी भएका ढकालले मतदाता समक्ष बधाई तथा शुभकामना ग्रहण गर्दै आयोजित सभालाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन ।

बिकासका योजना आफ्नो क्षेत्रमा ल्याउन बिशेष पहल गर्ने बताउदै ढकालले जनता सङ्ग आफ्नो सम्बन्ध पानी र माछा एबं नङ र मासु जस्तै बनाउदै लैजाने बताए ।

नेकपा एमाले लुम्बिनी प्रदेश उपसचिव तथा बांके क्षेत्र नं. १ ख प्रदेश सभा सदस्य पदमा बिजयी भएका दुर्गा प्रसाद चौधरीले यस क्षेत्रको बिकासमा आफु सदा लागि रहने बताउदै प्रदेशको सदनमा आफनो उपस्थिती शशक्त पार्ने बताए ।

स्वदेशमै पसिना बगाएर स्वदेशमै आयआर्जन गरि जिबिकोपार्जन गर्न चहाने युवाहरुलाई उद्योग, ब्यापार , कृषि र पर्यटन क्षेत्रको माध्यमबाट सक्षम बनाउन बिशेष तथा बैज्ञानिक कार्यक्रम लागु गरि युवालाई स्वदेशमै केहि गर्ने बाताबरण सृजना गर्ने गरि कार्य गर्ने बताए ।

आज मंगलबार बिजयीद्धयले कोहलपुर नगरपालिकाका वडा नं. १०,११,१२,१३,१४,१५ वडाका बिभिन्न स्थानमा गई मतदातासंग बिजयको शुभकामना साटासाट तथा मतदाताहरुसंग भलाकुसारी समेत गरेका थिए ।

Nabintech