• २६ माघ २०७९, बिहीबार
बिपन्न परिवारको स्वास्थ्य उपचार सहुलियतमा शिक्षण अस्पताल प्रतिबद्ध

  • टाइम्स संवाददाता

  • १४ मंसिर २०७९, बुधबार १५:०३

बाके,कोहलपुर : बाके निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माननीय श्री सुर्य ढकालले आज बुधवार कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रबन्ध निर्देशक सुरेश कुमार कनोडिया र प्रमुख प्रशासकिय अधिकृत सुनिल कुमार सिंह लाई भेटी बाके क्षेत्र नं १ का अति बिपन्न परिवारका बिरामिहरुको उपचारमा वडाको सिफारिसमा अति बिपन्न परीवारका सदस्यहरुलाइ अस्पतालका तर्फबाट सहुलियत दरमा उपचारको ब्यबस्था मिलाउनका लागि सकारात्मक छलफल सम्पन्न गरेका छन ।

छलफल पश्चात अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक सुरेश कुमार कनोडियाले आफुले यस बिषयलाई गम्भिर रुपमा लिएको र यस्तो प्रक्रियाबाट यस अस्पतालमा उपचारार्थ आएका सर्बसाधारणहरुलाई अस्पतालको निर्णयले सहुलियतमा स्वास्थ्य सेवा दिने बताएका छन ।
निर्बाचित भएपछि जनताको कामलाई नै सर्बोपरी ठानेको बताउने ढकालले जनताको पहिलो बांच्न पाउने अधिकार सुनिश्चितताका निम्ति स्वास्थ्यलाई प्राथामिकतामा राखेर आफनो कार्यको शुरुवात गरेको समेत बताएका छन ।

Nabintech