६ जेष्ठ २०८१, आईतवार
लैङ्गिक हिंसा सरोकारवालाहरुबाट अन्त्य गरिनुपर्नेमा जोड

  • टाइम्स संवाददाता

  • २० मंसिर २०७९, मंगलवार १५:२५

बांके,कोहलपुर: लैङ्गिक हिंसा सरोकारवालाहरुबाट अन्त्य गरिनुपर्नेमा जोड दिइएको छ । आज मंगलबार कोहलपुरमा आयोजित एक कार्यक्रममा उक्त कुरामा जोड दिइएको हो । कोहलपुरमा अबस्थित मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पसमा वक्तृत्वकला कार्यक्रममा  ”लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसाको अवस्था र समाधानका उपायहरु’’ विषयक वक्तृत्वकला कार्यक्रम मंगलबार बांकेको कोहलपुरमा सम्पन्न भएसंगै उक्त कुरामा सहभागिहरुले जोड दिएका हुन ।

वक्तृत्वकला कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दान बहादुर हमालले यस्ताखालेका कार्यक्रमबाट विद्यार्थी वाककलामा निपुन हुने बताए । लैङगिक हिंसा पुरुष तथा महिला दुवैलाई हुने भन्दै क्याम्पस प्रमुख हमालले यसले समाज निकै समस्यामा ल्याउने भएकाले सबैलाई सचेत र संबेदनशिल बन्न आग्रह गरे ।

आजको समाजमा विभिन्न किसिमको बहानामा लैङगिक हिंसाहुने, घरेलु हिंसा हुने, सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका क्षेत्रमा विभिन्न क्षेत्रमा हिंसा हुने भन्दै हमालले यसलाई सबै सरोकारवालाहरुबाट अन्त्य गरिनु पर्ने कुरामा जोड दिए । विश्वविद्यालय निर्णय बमोजिम यो कार्यक्रमको आयोजना गरिएको बताएका हमालले आजको विश्व परिवेशमा यस्ता खाले हिंसाको अन्त्य हुनुपर्ने जिकिर गरे ।

कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत १९ जना विद्यार्थीको सहभागिता रहेको थियो । अस्मिता वलि, देवि काफ्ले, शान्ती सुनार र दुर्गा बुढा क्रमश प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भयका भए उनिहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रममा पुर्व क्याम्पस प्रमुख खगराज पन्त, रमेश चन्द्र अधिकारी निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्मा विभागी प्रमुखहरु पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्मा, स्वास्थ विभागका विभागीय प्रमुख ज्ञानेन्द्र शाही, नेपाली विभागका खोपिराम वलि, अभ्यास शिक्षण विभागका प्रमोद सुवेदी, प्राध्यापकहरु पुष्करनाथ रिजाल, जेन्ट्ल गौतम प्राध्यापक संघका सभापति राज कुमार चन्द र प्रशासकिय अधिकृत वेदराज लम्साल लगायत विद्यार्थी संघ संगठनका नेताहरूको उपस्थित रहेको थियो ।

Nabintech