११ बैशाख २०८१, मंगलवार
कोहलपुर डेन्टल अस्पतालले गर्यो नवनिर्बाचित सांसदहरुलाई सम्मान

  • टाइम्स संवाददाता

  • २३ मंसिर २०७९, शुक्रबार १०:२०

कोहलपुर, बांके: नेकपा एमालेबाट बांके क्षेत्र नं. १ प्रदेश ख बाट बिजयी माननिय दुर्गा प्रसाद थारु र समानुपातिक सासंद बसन्ति अधिकारीलाई कोहलपुरस्थित कोहलपुर डेन्टल अस्पतालले बुधवार एक समारोहका बिच सम्मान गरेको छ ।

२०७९ मंशिर ४ मा सम्पन्न चुनावमा बिजयी प्रदेश सांसद दुर्गा प्रसाद थारुले सो अबसरमा आफु सधै जनताको पक्षमा भएकाले आफु नबदलिने तर समाज बदल्ने आफनो प्रयास सदा रहने बताएका छन । जनताको आधारभुत आबश्यकता गास, बास र कपासका निम्ति आफुले सदनमा आवाज बुलन्द पार्दै समेत लैजाने बताउदै बांके क्षेत्र नं. १ प्रदेश ख को समग्र बिकासका निम्ति आफु कटिबद्ध रहेको चौधरीले बताएका छन ।

यसैगरि प्रदेश समानुपातिक सांसद बसन्ति अधिकारीले महिलाहरुको हरेक क्षेत्रमा समान सहभागिताको लागि आवाज उठाउदै अधिकार प्राप्तिका लागि आफु सदनमा खरो रुपमा उत्रने बताइन । बांके र कोहलपुर क्षेत्रका समग्र बिकासका निम्ति बिभिन्न परीयोजनाहरु भित्रयाउन पहल गर्ने बताउदै अधिकारीले हरीत कोहलपुर र संबृद्ध कोहलपुर निर्माणमा आफु गम्भिर भएर लाग्ने बताईन ।
कोहलपुर डेन्टल अस्पतालका प्रबन्ध निर्देशक गजेन्द्र बहादुर शाहि , अस्पतालका डक्टर तथा कर्मचारीहरुले नवनिबार्चित सांसदहरुलाई बधाई, शुभकामना तथा सम्मान गरेका थिए ।

Nabintech