६ जेष्ठ २०८१, आईतवार
पत्रकारमाथि दुरब्यबहार गर्ने शाहलाई कारवाही माग

  • टाइम्स संवाददाता

  • २५ मंसिर २०७९, आईतवार १३:०३

नेपालगन्ज: अनलाइन पत्रकार संघ नेपालले बाँकेको नेपालगन्ज म्याराथनमा पत्रकारमाथि दुरब्यबहार गर्ने आयोजक टिमका व्यवस्थापक सौगात शाहलाई कारवाही गर्न माग गरेको छ । प्रतियोगिताको समाचार संकलनमा गएका पत्रकारमाथि दुरब्यबहार गरेर शाहले समाचार संकलनमा रोक समेत लगाएको घटनाप्रति कडारुपमा भत्र्सना गर्दै संघले यस्तो माग गरेको हो ।

समाचार संकलनमा गएका पत्रकार रुद्र सुवेदी सहितका आधा दर्जन पत्रकारमाथि शाहले दुरब्यबहार गरी समाचार संकलनमा रोक लगाएका थिए । पत्रकार माथि यसरी दादागिरी मच्चाउने र समाचार संकलनमा रोक लगाई दुरब्यबहार गरेको भन्दै बाँकेका पत्रकारहरुले उनीमाथि कारवाहीको माग गरेका हुन ।

यस घटनाका बारे आयोजक संस्था क्रियटिभ हेन्डसका प्रमुख टिएस ठकुरीलाई जानकारी गराउँदा समेत कुनै प्रतिक्रिया नदिएको र यस बारे चासो नै नदेखाएको पत्रकारहरुले गुनासो गरेका छन । घटनामा संलग्न शाहलाई कारवाही नगरी संघ लगायत बाँकेका पत्रकारले आयोजक संस्थाका आगामी सबै कार्यक्रम बहिष्कार गर्ने बताएका छन ।

Nabintech