२३ कार्तिक २०८१, शुक्रबार
कोहलपुर १२ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन

सरकारद्धारा तोकिएका ३५ प्रकारका औषधि विरामीले निःशुल्क प्राप्त गर्ने


  • टाइम्स संवाददाता

  • २९ मंसिर २०७९, बिहीबार ०६:०७

बाँके,कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका १२ स्थित आधारभूत स्वास्थ्य केन्द्रको आज उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले केन्द्रको उद्घाटन गर्नुभएको हो ।

वडा नम्वर १२ का वडाअध्यक्ष वीरेन्द्र बहादुर शाहको सभापत्विमा भएको केन्द्र उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख आचार्यले स्वास्थ्य केन्द्रले आमसर्वसाधरणलाई सहज र सरल ढंगले उपचार प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोहलपुर नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुको पूर्वाधार निर्माण, उपकरण देखि जनशक्ति व्यवस्थापनको पाटोलाई सुदृढ गर्नेगरी आफुहरु लागिरहेको बताउनुभयो ।

भएका संरचना, उपकरण र सीपको अधिकतम प्रयोग गरेर आम नागरिकहरुले पाउनु पर्ने आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्न पनि उहाँले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभयो । यस्तै कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले केन्द्रले आज (विहीबार)देखि सरकारद्धारा तोकिएका ३५ प्रकारका औषधि विरामीले निःशुल्क प्राप्त गर्ने बताउनुभयो ।

उहाँले विरामीको उपचार, चेकजाँच, काउन्सिलिङ लगायतका काम अव केन्द्रबाट हुने बताउनुभयो । प्रयोगशाला, ल्यावसहितको केन्द्रले वडाबासीलाई धेरै राहात पुर्याउने उहाँको भनाइ थियो । वडासदस्य समरबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रशासकिय अधिकृत टीकाराम ढकाल, स्थानीय राजनीतिक दलका प्रतिनिधिलगायतको पनि उपस्थिति रहेको थियो ।

Nabintech