२५ कार्तिक २०८१, आईतवार
६ महिनापछि डुडुवाको गाउँसभा

हरेक वडालाई ५० लाखका दरले तीन करोडको बजेट सिलिङ विनियोजन गरेपछि अवरुद्ध गाउँसभा आगामी ४ पुसमा गर्ने सहमति


  • टाइम्स संवाददाता

  • २९ मंसिर २०७९, बिहीबार ०९:५८

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाको ६ महिनापछि गाउँसभा हुँदैछ । डुडुवा गाउँपालिकाको कार्यपालिकाको मंगलबार बसेको बैठकले हरेक वडालाई ५० लाखका दरले तीन करोडको बजेट सिलिङ विनियोजन गरेपछि अवरुद्ध गाउँसभा आगामी ४ पुसमा गर्ने सहमति भएको छ ।

गाउँपालिकाको स्थानीय स्रोत ५ करोडमध्ये २ करोड रुपैयाँ त गाउँपालिका स्तरीय योजनाका लागि विनियोजन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले मंगलबार बसेको कार्यपालिका बैठकपछि पाँच महिनादेखि अवरुद्ध गाउँपलिकाको सेवासुविधा अब खुल्ने बताए । वडा समितिले पुस १ गतेसम्म वडागत योजनाहरू कार्यपालिकाको बैठकमा पेस गर्नेछन् । त्यसैको आधारमा योजना तर्जुमा गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

गाउँसभामा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ । त्यसका लागि स्रोतअनुमान तथा बजेट अनुमान समिति, राजश्व परामर्श समिति र विषयगत समितिको बैठक बसिसकेको छ । अब बजेटको तयारी गरिने भएको छ ।

Nabintech