१० मंसिर २०८१, सोमबार
बिकासका बाधक, नालिको विचैमा कतै पोल त कतै समरसेल

नालिहरु एकातिर साघुरा बनाइएको छ भने नालिका बिचमा कतै समरसेल त कतै बिद्युतका पोलले विकासलाई नै गिज्ज्याई रहेको छ


  • बिकल भट्टराई

  • ५ पुष २०७९, मंगलवार १६:२६

कोहलपुर: कोहलपुर नगरपालिका भित्र अहिले धमाधम विकास निर्माणका कामहरु भईरहेका छन । नालि निर्माण, बाटो मर्मत तथा पिच समेत हुदै गर्दा विकासलाई गिज्जयाउने गरि कतै स्थानियबासि त बिद्युतका पोलहरुले बनेका संरचना कुरुप पार्ने कार्यमा भने कमि आएको छैन ।

कोहलपुर नगरपालिका तथा कोहलपुर नगरविकास समितीले गरेका यस्ता विकास निर्माणका योजनाहरुमा नालिको बिचमा पोल खडा गर्ने, स्थानियहरुले नालिकै बिचमा समरसेल राख्ने, बनिसकेका संरचना भत्काई सडक मिचेर बिद्युतका पोल खडा गर्दा लागत बढने मात्र नभई संरचना नै कुरुप पार्ने कार्यले तिब्रता पाउदै आएको छ । कतिपय स्थानमा बिद्युत प्राधिकरणले नालिकै बिचमा पोल ठडयाएको छ भने कतिपय स्थानमा नालि भत्काउदै आफनो पोल उप्काएर स्थानान्तर गरेको छ । सो स्थानान्तर पनि त्रुटिपुर्ण भएको भन्दै स्थानियहरुले बिरोध गरेका छन । हिडने बाटो च्यापेर बिद्युतको पोल सारीदा सडक साघुरो मात्र नभएर दुर्घटना निम्तिने स्तरम्भ बन्ने समेत स्थानियहरुको आकलन रहेको छ ।

यस्ता योजनाहरु सञ्चालनपुर्व नै दुबै पक्ष बसेर निर्णय बमोजिम गर्नुपर्नेमा सो गरेको पाइएको छैन भने नगरपालिका र समरसेल धनिहरुले नालिको बिचमा भएको समरसेल काटेर नालि माथि नदेखिने गराउने सहमति भएपनि सो कार्य समेत कार्यानवयनमा आउन सकेको छैन । बसपार्क दशबिगाह आसपासमा नालिका बिचमा समरसेल हुनु दुखत भएको भन्दै सुचना अभियान्ता भुम भण्डारीले उक्त समरसेलका धाराहरुबाट हैजा फैलिन सक्ने भन्दै धारा नै बन्दगर्नुपर्नेमा नालिमै समरसेल रहनदिनु नगरपालिकाले मानव स्वास्थ्यमा असर पर्ने गम्भिर त्रुटिमा सहमत जनाएको भन्दै आपत्ति जनाएका छन । कोहलपुर टाईम्सले आज मंगलबार ती योजनाहरुको स्थलगत अध्यन गर्दा विकास कुरुप पारेको पाएको छ । यसरी योजना नै कुरुप हुनेगरि गरिने विकास निर्माणले कोहलपुरलाई नै गिज्ज्याउनेमा दुई मत नभएको भण्डारीको थप भनाई रहेको छ ।

 

Nabintech