७ बैशाख २०८१, शुक्रबार
छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्डको सम्पुर्ण तयारी पुरा

संस्थागत २४ र सामुदायिक १३ गरि जम्मा ३७ बिद्यालयका ८१९ जना बिद्यार्थीले खेलकुदमा भाग लिने


  • प्रमोद रिजाल

  • ६ पुष २०७९, बुधबार १३:०२

कोहलपुर, बांके: यहि पौष ८ गतेदेखि कोहलपुरको कृष्ण मा.वि. कौशिलानगरमा आयोजना हुने छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्डको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । बुधवार कोहलपुर २ कौशिलानगरको कृष्ण मा.वि.को सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले सो कुराको जानकारी गराएको हो । कोहलपुर नगरपालिकाले रनिङ शिल्डको आयोजना गरेका छ भने सञ्चालन तथा ब्यबस्थापन कृष्ण मा.बि. कौशिलानगरले गरेको छ ।

११ गते सम्म हुने नगर स्तरीय उक्त छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड सौहार्दपुर्ण रुपमा सञ्चालन गर्न ८ र ११ गते स्थानिय सरकारले बिद्यालयहरुमा बिदा समेत दिने जनाएको छ । ”स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल”लाई उत्सवका रुपमा लिन आब्हान गर्दै कार्यबहाक नगर प्रमुख बिरेन्द्र कुमार शाहले उक्त जानकारी समेत पत्रकार भेटघाटमा गराएका हुन ।

 

कार्यक्रमबारे थप जानकारी दिंदै कृष्ण मा.वि. कौशिलानगरका प्रधानाध्यापक दिलिप वलिले संस्थागत २४ र सामुदायिक १३ गरि जम्मा ३७ बिद्यालयका ८१९ जना बिद्यार्थीले खेलकुदमा भाग लिने बताएका छन । उनले एथलेटिक्सतर्फ १३ खेल तथा भलिवल र कबड्डी २ खेल गरि जम्मा १५ खेल खेलाईने समेत जनाए ।

संघको एक लाख, स्थानिय सरकारको ६ लाख र ३७ बिद्यालयबाट उठने एक लाख ८५ हजार गरि कुल आठ लाख पचासि हजारको लागतमा छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्न लागिएको समेत आयोजकले जनाएको छ ।
जिल्ला समन्वय समिती बांकेका प्रमुख ज्ञानेन्द्र चौधरीले उदघाटन गर्ने उक्त रनिङ शिल्डको तयारीका लागि बिभिन्न उपसमिती समेत बनाई कार्यस्थलमा खटाईसकेको तथा मंगलबार सांझ सम्म कोहलपुर क्षेत्रका ३७ बिद्यालयले खेलका लागि आफनो बिद्यालय दर्ता गरिसकेको जनाइएको छ ।

”खेलकुदमा राज्यको निति निर्माण तह नै उदाशिन रहेको” भन्दै केहि खेल प्रेमीहरुले रनिङ शिल्ड सञ्चालन गर्न आबश्यक भौतिक पुर्वाधार, म्याट आदि हुन नसक्नुले प्रतियोगितालाई केहि न केहि असर गर्ने समेत जनाएका छन । बिद्यालयहरुले फर्जि खेलाडि राख्ने परिपाटिलाई पुर्ण निरुत्साहित पार्ने भन्दै आयोजकले गत बर्षको रनिङ शिल्डमा गल्ति गर्ने ४ बिद्यालयलाई ३० हजारका दरले जरीवाना असुलेको स्मरण गर्दै यस पटक बिद्यालय र बिद्यार्थीको मान सम्मानमा आच आउने क्रियाकलाप तथा फर्जि खेलाडि कुनैपनि हालतमा प्रबेश हुन नदिन १८ बर्ष कटेका बिद्यार्थीको हकमा सक्कल नागरिकता र जन्मदर्ता हेरेर मात्र खेल खेल्न अनुमति प्रदान गर्ने समेत आयोजकले जनाएको छ ।

खेलाडिहरुलाई खेल खेल्ने क्रममा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै प्राथामिक उपचारको सामाग्रि समेत बिद्यालय प्रांगनमा रहेको स्वास्थ्य चौकिमा ल्याईसकेको छ । पानी बिद्युत तथा अन्य अत्याबश्यक सामाग्रि आपुर्ति गरिसक्ने गरि कार्यस्थलमा खटेको कोहलपुर नगर शिक्षा प्रमुख रविलाल मिजारले कोहलपुर टाईम्सलाई जनाएका छन ।

पत्रकार भेटघाट कार्यक्रम कोहलपुर नगर खेलकुद विकास समितीका अध्यक्ष बद्धि बहादुर थापाको अध्यक्षतामा तथा कोहलपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख वीरेन्द्र कुमार शाह,सामाजिक बिकास समिती संयोजक ईश्वरी प्रसाद बि.क., प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, नगर शिक्षा प्रमुख रविलाल मिजार, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, बिभिन्न उपसमिती तथा खेलप्रेमीहरुको उपस्थितीमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन प्रचार प्रसार उपसमितीका संयोजक बिनोद भट्टराईले गरेका थिए ।

Nabintech